• Wednesday 9th of September 2026

भारतमा एकैदिनमा ४९ हजार कोरोना सङ्क्रमित


  • आशाका किरण
Surat: Officials distribute sanitizers to bus passengers in the wake of coronavirus pandemic, at a bus station in Surat, Monday, March 16, 2020. (PTI Photo)(PTI16-03-2020_000034B)

१० साउन (रासस÷एएनआई) : भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको संख्या अत्यधिक बृद्धि भएको छ । केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ४८ हजार ९१६ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । भारतमा अहिलेसम्म कोरोनाबाट सङ्क्रमित भएकाहरुको कुल संख्या १३ लाख ३६ हजार ८६१ पुगेको छ । ती मध्ये चार लाख ५६ हजार ७१ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने अरु आठ लाख ४९ हजार ४३१ जना सङ्क्रणमुक्त भइसकेका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा भारतमा कोरोनाबाट सङ्क्रमित भएर ७५७ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतकको संख्या ३१ हजार ३५८ पुगेको अधिकारीहरुले जनाएका छन् । प्रदेश अनुसार हेर्दा सवैभन्दा धेरै महाराष्ट्र राज्यमा तीन लाख ५७ हजार सङ्क्रमित भएका छन् । त्यसैगरी तमिल नाडुमा एक लाख ९९ हजार ७४९ जना र दिल्ली राज्यमा एक लाख २८ हजार ३८९ जना सङ्क्रमित भएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij