• Wednesday 9th of September 2026

तेजाब प्रहारबाट घाइते युवतीलाई मन्त्री ढकालले भन्नुभयो, “ उपचारमा सरकारले सहयोग गर्छ”


  • आशाका किरण
sf7df8f}F, !! ;fpg -/f;;_ M :jf:Yo tyf hg;ªVofdGqL efg'eQm 9sfn, ;f+;bx? o1/fh ;'g'jf/, lg?b]jL kfnnufot sLlt{k'/ c:ktfndf Pl;8 k|xf/af6 3fOt] eO{ pkrf//t cf]vn9ªuf lhNnf 3/ eO{ sf7df8f}F ;LtfkfOnfdf a:b} cfPsL @@ jifL{of o'jtLsf] :jf:Yo cj:yf a''em]/ kmls{b} . t:jL/ M /Tg >]i7, /f;; .

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले तेजाब प्रहारबाट घाइते युवतीको स्वास्थ्यावस्थाका बारेमा जानकारी लिनुभएको छ । मन्त्री ढकालले आज कीर्तिपुर अस्पताल पुगी उपचाररत पीडित युवतीलाई भेटेर उनको उपचारमा सरकारले सक्दो सहयोग गर्ने बताउनुभयो । “तपाईँको उपचारमा सरकारका तर्फबाट सक्दो सहयोग हुन्छ”, पीडितसित कुरा गर्दै उहाँले भन्नुभयो,” “घटनामा संलग्नलाई हदैसम्मको कारवाही हुन्छ ।” सो अवसरमा मन्त्री ढकालले पीडितका आफन्त तथा चिकित्सकसित उपचारबारे जानकारी लिनुभएको थियो । उहाँसँगै सांसद यज्ञराज सुनुवार पनि पीडितलाई भेट्न अस्पताल पुग्नुभएको थियो ।

सो अवसरमा मन्त्री ढकालले कीर्तिपुर अस्पतालको अवस्थाबारे त्यहाँका पदाधिकारी तथा चिकित्सकसित जानकारी लिनुभएको थियो । स्थानीय सीतापाइलामा बस्दै आएकी ओखलढुङ्गाकी २२ वर्षीया युवतीलाई बिहीबार साँझ भारतको विहार घर भई डल्लु बस्दै आएका फैयाज आलमले तेजाब प्रहार गरेका थिए । फैयाजलाई उनीसँगै बस्दै आएका रौतहट लक्ष्मीपुर–४ का मोहम्मद आलमले युवतीमाथि तेजाब छ्याप्न लगाएका थिए । दुवै अभियुक्तलाई प्रहरीले बिहीबार राति नै डल्लुबाट पक्राउ गरेको थियो । प्रहरी कल डिटेल र सिसी क्यामराको सहायताले उनीहरुलाई पक्राउ गर्न सफल भएको हो ।

मोहम्मद काठमाडौँको एक कपडा कारखानाका मालिक तथा फैयाज कामदार भएको खुलेको छ । पीडित युवती र उहाँकी दिदी पहिला मोहम्मदकै गार्मेन्टमा काम गर्नुहुन्थ्यो । पछि पीडित युवतीले उक्त कारखनामा काम गर्न छाड्नुभएको थियो । पीडित युवतीको उपचारमा संलग्न चिकित्सक डा सुरेन्द्र बस्नेतले उहाँको स्वास्थ्यमा क्रमिक रुपमा सुधार हुँदै गएको बताउनुभयो । “पहिलाभन्दा अहिले घाउ ठीक हुँदै गएको छ”, उहाँले भन्नुभयो । उपचारमा केही समय लाग्ने बस्नेतको भनाइ थियो । तेजाबा प्रहारबाट युवतीको अनुहारको दायाँपट्टिको भाग जलेको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij