• Wednesday 9th of September 2026

काश्मिरी जनताको स्वनिर्णयको अधिकारलाई सम्मान गर्न आग्रह


  • आशाका किरण

नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले काश्मिरी जनताको स्वनिर्णयको अधिकारलाई सम्मान गर्न भारतसँग आग्रह गर्नुभएको छ । भारतले आफ्नो संविधानबाट काश्मिरसम्बन्धी धारा ३७० खारेज गरेको एक वर्ष पूरा भएका सन्दर्भमा यहाँस्थित पाकिस्तानी राजदूतावाससँगको साझेदारीमा नेपाल–पाकिस्तान मैत्री तथा सांस्कृतिक सङ्घले आज दूतावासमा आयोजना गरेको कार्यक्रममा उहाँले काश्मिरी जनताको आत्मनिर्णयको अधिकारको सम्मान गर्दै समस्याको शीघ्र समाधान खोजिनुपर्नेमा जोड दिनुभयो ।

राजदूत जावेदले बितेका एक वर्षमा भारत प्रशासित काश्मिरमा मानवाधिकार उल्लङ्घनका धेरै घटना भएका र त्यसको जानकारी अन्तरराष्ट्रिय समुदायलाई समेत भएको बताउँदै काश्मिरीको आत्मनिर्णयको अधिकारको सुनिश्चितता तथा निष्पक्ष एवं स्वतन्त्र जनमतसङ्ग्रहका लागि सघाउन अन्तरराििष्ट्रय समुदायसँग आग्रह गर्नुभयो । “दक्षिण एशियाको शान्ति, प्रगति र स्थायित्वका निम्ति काश्मिर समस्याको शीघ्र समाधान हुनुपर्छ, काश्मिरी जनतासँग पाकिस्तान सरकारको समर्थन छ”, सत्तरी वर्षदेखिको द्विपक्षीय समस्याले दक्षिण एशियामा अस्थिरता निम्तिएको बताउँदै उहाँले भन्नुभयो । सङ्घका महासचिव मञ्जुरत्न शाक्यले वार्ताका माध्यमबाट समस्याको निकास खोज्न भारत सकारात्मक हुनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij