• Friday 24th of July 2026

सुटकेसमा हालेर शव फालेको अभियोगमा पक्राउ आमाछोरी सार्वजनिक


  • आशाका किरण

स्थानीय गोङ्गबुस्थित एक होटलमा बस्दै आएका एक जनाको हत्या गरी टाउकोविनाको शव सुटकेसमा हालेर फालेको अभियोगमा आमाछोरीलाई आज प्रहरीले सार्वजनिक गरेको छ । रोल्पा रुन्टीगढी गाउँपालिका–७ का ४५ वर्षीय कृष्णबहादुर बोहराको हत्या गरेको अभियोगमा टोखा नगरपालिका–१० नवज्योति मार्ग बस्ने चितवन कालिका नगरपालिका–की ३७ वर्षीया कल्पना मुडभरी (पौडेल) र निजकी १५ वर्षीया छोरीलाई प्रहरीले आज सार्वजनिक गरेको हो । टोखा–१० गोङ्गबु नवज्योति मार्गमा आइतबार बिहान सुटकेसभित्र टाउकोविनाको शव र सुटकेस भेटिएको स्थानभन्दा केही पर टाउको र खुट्टा पोको पारेर फालिएको अवस्थामा भेटिएको थियो ।

उक्त घटनाको अनुसन्धान गर्न महानगरीय प्रहरी परिसर काठमाडौंँ र महानगरीय अपराध महाशाखाबाट संयुक्त रुपमा खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय चितवनको समन्वयमा हत्यामा संलग्न मुडभरीलाई कालिका –९ शक्तिखोरस्थित माइतीघरबाट सोमबार पक्राउ गरेको थियो । घटनास्थलबाट धारिलो हतियार, हथौडा, पञ्जा, म्याट्रेसको टुक्रा, सल, सुटकेशको ह्याण्डल, डोरी, मृतकका कपडा, स्लिपिङ ट्याब्लेटको खोल र मोबाइल थान प्रहरीले बरामद गरेको छ ।

बोहरा आठ महिनादेखि होटलमा बस्दै आएको, बोहरा र अभियुक्तबीच करीब चार वर्षदेखि फेसबुकमार्फत चिनचान भई सम्पर्कमा रहेको, उनीहरुको बेलाबेलामा कल्पनाको कोठामा भेट हुने गरेको, बोहराले अभियुक्तको तस्वीर राखेर फेक फेसबुक आइडी खोली चलाउने गरेको, आफूअनुकूल चलाउनका लागि दवाव दिने गरेको, बोहरा घटनाको दिन होटेलबाट बा ७२ प ५६४४ नम्बरको स्कुटरमा कल्पनाको कोठामा गएको, कल्पनाले उनलाई दही, चिउरा, मासु र भोड्का खान दिएकामा दहीमा निद्राको पाँच औषधिसमेत मिसाइदिएको तथा ती खानेकुरा खाएपछि बोहरालाई लठ्ठिएर सुतेका बेला हथौडाले प्रहार गरी सलले घाँटी कसेको र मरेको यकिन भएपछि धारिलो हतियारले टाउको र खुट्टा छिनाई सुटकेस र झोलामा राखेर अभियुक्तले फालेको प्रहरीले बताएको छ । शवका टुक्रा फालेर अभियुक्त चितवन जाने एम्बुलेन्समा आइतबारै बेलुका माइतीघर चितवन गएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij