• Wednesday 9th of September 2026

पूर्वराष्ट्रपति मुखर्जीको अवस्था खराब नरहेको छोरीको भनाई


  • आशाका किरण

३० साउन (रासस÷एएनआई) : भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था खराब नरहेको उहाँको परिवारजनले दाबी गरेका छन् । उहाँको अवस्था अन्त्यन्त नाजुक रहेको हल्ला चलिरहेका बेला उहाँकी छोरी शर्मिस्था मुखर्जीले अवस्था जटिन नरहेको शुक्रबार दाबी गर्नुभएको हो । उहाँका अनुसार पूर्वराष्ट्रपति मुखर्जीको अवस्थामा सामान्य सुधार भएको छ र आँखाको तेज र प्रतिक्रिया बढेको छ । उहाँले आफ्ना पिताको स्वास्थ्य लाभको कामना गर्नेहरुप्रति कृतज्ञतापनि व्यक्त गर्नुभएको छ । “पछिल्लो दुई दिनदेखि मेरा पिताको स्वास्थ्य अवस्थाका बारेमा गलत हल्ला चलाइएको छ, पर्याप्त सुचना तथा जानकारी विना चलाइएका त्यस्ता हल्लामा कुनै सत्यता छैन, त्यस्तो भ्रममा नपर्न आग्रह गर्दछु,” उहाँले सामाजिक सञ्जाल ट्वीटरमा लेख्नुभएको छ ।

धेरै जनाले गहिरो प्रार्थना गरेकाले त्यसैको शक्तिमा आफ्ना पिताको अवस्थामा सुधार हुदै आएको उहाँको भनाई छ । उहाँले भगवानसँग अझै प्रार्थना गरिरहन आग्रह गर्दै प्रार्थना र उपचारले आफ्ना पितालाई पुरै निको हुने विश्वास पनि व्यक्त गर्नुभएको छ । नयाँ दिल्ली स्थित आर्मी रिसर्च एण्ड रेफरल अस्पताल श्रोतले भने उहाँको अवस्था स्थिर रहेको जानकारी दिएको छ । अस्पतालले मुखर्जीलाई भेन्टीलेटरको सहयोगमा सघन उपचार गराईरहेको जनाएको छ । उहाँलाई केही दिन अगाडी कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि गरिएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij