पोखरा महानगरपालिका वडा नं २७ अघौं अर्चलेस्थित कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मघर एवम् संग्रहालय परिसरमा सरसफाई गरेपछि सामूहिक तस्वीरमा सिर्जनशिल युवा क्लबमा आवद्ध युवाहरू ।
लामो समयको बन्दाबन्दीका कारण सरसफाई हुन नसक्दा कवि शिरोमणिको जन्मघरको छानोमा झार पलाएको तस्वीर रासस मार्फत आइतबार साँझ प्रकाशित भएपछि युवाहरूले सोमबार जन्मघर एवम् संग्रहालय परिसरमा सरसफाई गरेका छन् । तस्वीर सौजन्यः निरज लामिछाने, रासस
