• Tuesday 8th of September 2026

श्रीमती कुटपिट गर्नेविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा


  • आशाका किरण

नुवाकोटको बेलकोटगढी नगरपालिका–७ स्थित महादेवफाँटमा आफनै श्रीमतीलाई ज्यान मार्ने उदेश्यले मरणासन्न हुनेगरी कुटपिट गर्ने श्रीमानलाई प्रहरीले ज्यान मार्ने उद्योगमा आज मुद्धा दर्ता गरेको छ । महादेवफाँटका ३७ वर्षीय पशुराम नेपालले श्रीमती सुमी घिमिरेलाई दैनिकैजसो पिट्ने र यातना दिने गरेको स्थानियको भनाइ छ । नेपालले श्रीमती घिमिरेलाई गए राती ११ः०० बजेको समयमा सुतिरहेको अवस्थामा लात्ती, मुडकी तथा फलामको साबेलले पटकपटक शरीरका बिभिन्न अंगमा प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिल पण्डितले जानकारी दिनुभयो ।

उहाँका अनुसार घाइते घिमिरेका दाजु किशोर घिमिरेले प्रतिवादी नेपालबिरुद्ध ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिएको जानकारी दिनुभएको हो । प्रनि पण्डितले किटानी जाहेरी दिएपछि तत्काल जिल्लाबाट खटिएको प्रहरी टोलीले नेपाललाई नियन्त्रणमा लिएको उहाँले बताउनुभयो । घिमिरेलाई नुवाकोट अस्पताल प्रालिमा प्राथमिक उपचारपश्चात थप उपचारका लागि ट्रमा सेन्टर काठमाडौँ पठाइएको प्रनि पण्डितले जानकारी दिनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij