सुदर्शन बजगाई,आशाका किरण समाचार । नेपाल स्काउटका राष्ट्रिय तदर्थ समिती संयोजक लोक बहादुर भण्डारीले विगतमा ५०-६० जिल्लाको सानो घेरामा सिमित स्काउटलाई ७५३ स्थानिय तहमा मात्र नभएर देशभरका १० हजार विद्यालयमा स्काउटलाई विस्तार गर्ने बताउनु भएको छ । आशाका किरण मिडियाका प्रधान सम्पादक सुदर्शन बजगाईसंग कुरा गर्दै भण्डारीले सो कुरा बताएका हुन् । समाजको प्रत्यक अंग र हरेक घरमा स्काउट पुर्याउनु र बालबालिका र युवालाई राष्ट्रलाई आवश्यक जिम्मेवार नागरिक उत्पादन गर्नु आफ्नो प्रमुख एजेन्डा रहेको बताएका छन् ।नयाँ ऐन सदनबाट पास भएको ६ महिनाभित्र निर्वाचन गरेर स्काउटलाई थप प्रभावकारी बनाउन लागीपरेको समेत भण्डारीले बताए । हेर्नुस् नेपाल स्काउटका राष्ट्रिय तदर्थ समितिका संयोजक लोक बहादुर भण्डारीसंग आशाका किरण मिडियाले गरेको कुराकानीको संपादित भिडियो वार्ता :
