• Thursday 10th of September 2026

पिसीआर परीक्षणको शुल्क घट्यो


  • आशाका किरण
A lab worker prepares solutions for the manufacture of coronavirus diagnostic test kits at the TIB Molbiol Syntheselabor GmbH production facility in Berlin, Germany, on Thursday, March 6, 2020. TIB has reoriented its business toward coronavirus, running its machines through the night and on weekends to make the kits, which sell for about 160 ($180) apiece. Photographer: Krisztian Bocsi/Bloomberg via Getty Images

लुम्बिनी प्रादेशिक अस्पतालले कोरोना भाइरस सङ्क्रमण पुष्टि गर्न जाँच गरिने पिसीआर परीक्षणको शुल्क घटाएको छ । अस्पतालले सोमबारदेखि लागुु हुने गरेर पिसीआर परीक्षण शुल्क घटाएको हो । अस्पतालले यसअघि परीक्षण शुल्क रु चार हजार ४०० लिँदै आएको थियो । अस्पताल विकास समितिको बैठकले हालसम्म लिइँदै आएको शुल्कलाई परिमार्जन गरेको समितिका अध्यक्ष सुर्यबहादुर भट्टराईले जानकारी दिनुभयो । गत असार २१ गतेदेखि कोरोना परीक्षण शुरु गरेको प्रादेशिक अस्पतालमा हालसम्म १२ हजार ९७५ जनाको पिसीआर परीक्षण गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र खनालले जानकारी दिनुभयो । सोमध्ये ९७७ जनामा कोरोना पोजेटिभ देखिएको उहाँले बताउनुभयो ।

यससँगै अस्पतालले सञ्चालन गरेको कोरोना परीक्षण द्रुत प्रविधितर्फ हाल सम्ममा २८३ जनाको परीक्षण गरिएकामा ६९ जनामा कोरोना पोजेटिभ देखिएको डा. खनालले जानकारी दिनुभयो । अस्पतालले शुल्क घटाउनुका साथै अब परीक्षणको दायरासमेत बढाउने जनाएको छ । हाल सञ्चालनमा रहेको परीक्षण मेसिनबाट दैनिक २०० देखि ३०० मात्र परीक्षण हुँदै आएको छ । अस्पतालले दैनिक ५०० सम्म परीक्षण गर्ने गरेर दायरा बढाइएको जनाएको छ । अस्पतालमा आएका सिकिस्त विरामी र उच्च जोखिममा परेकाको हकमा निःशुल्क द्रुत परीक्षण विधिबाट परीक्षण गरिने र रिपोर्ट तत्कालै दिइने गरिएको डा. खनालले जानकारी दिनुभयो । अस्पतालले आफ्ना बिरामीलाई प्राथमिकता दिँदै विपन्न वर्गलाई निःशुल्क गर्ने तथा स्वाब लिएको २४ घण्टाभित्र पिसीआर रिपोर्ट उपलब्ध गराउनेसमेत जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij