• Tuesday 8th of September 2026

सरकारले अनुमति दिए फुटबल गतिविधि संचालन गर्न तयारी अवस्थामा छौं : एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा


  • आशाका किरण

सुदर्शन बजगाई,आशाका किरण समाचार,काठमाडौं । अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पाले सरकारले अनुमती प्रदान गरे नेपाली फुटबल लिगलाई पुरानो गतिमा फर्काउन एन्फा सक्षम रहेको बताएक छन् । आशाका किरण मिडियासंग कुराकानी गर्दै शेर्पाले सो कुरा बताएका हुन् । विभिन्न देशहरुले लिग सुचारु गरिसकेकोले फिफा र विश्व स्वास्थ संगठनको स्वास्थ मापदण्ड अपनाई हरेक खालको प्रतियोगिता संचालन गर्ने क्षमता एन्फासंग रहेको कर्मा छिरिङ शेर्पाले स्पस्ट पारे । कोभिडको बेलामा खेलाडीले कुनै आर्थिक समस्या खेप्नु नपरोस् भनेर झन्डै १ करोडभन्दा माथीको रकम खेलाडीको हातैमा पुग्नेगरी खेलाडीलाई कोरोना प्याकेज प्रदान गरिएको शेर्पाले बताए । हेर्नुस् आशाका किरण मिडियाकालागी आशाका किरण डट कमका प्रधान सम्पादक सुदर्शन बजगाईले अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पासंग एन्फाले संचालन गरेको विभिन्न गतिविधी र एन्फाको भावी योजनाको बारेमा गरेको भिडियो कुराकानीको संपादित अंश :

यो पनि हेर्नुहोस् :

 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij