• Wednesday 9th of September 2026

सवारी दुर्घटना हुँदा एकको मृत्यु


  • आशाका किरण

मकवानपुर जिल्लाको मनहरि गाउँपालिका–९ रजैयामा आज दिउँसो सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–७ बस्ने अन्दाजी २९ वर्षीय दीपेन्द्र अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।

चितवनबाट हेटौँडातर्फ आउँदै गरेकोे बा३ख ९६६४ नंको मिनीबस र विपरीत दिशातर्फ जाँदै गरेको ना४९प २४०० नंको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा अधिकारीको मृत्यु भएको हो । प्रवक्ता रानाका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएका अधिकारीको चुरेहिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मिनीबस र चालकलाई नियन्त्रणमा लिई घटनाको विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो पनि हेर्नुहोस: 

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij