सुदर्शन बजगाई,आशाका किरण समाचार। त्री.बि शिक्षण अस्पताल महाराजगन्जमा कोरोना संक्रमित भई निको भएका ब्यक्तीहरुको प्रयासमा मैले जिते कोरोना, म गर्छु (प्लाज्मा) रक्तदान अभियान एक कार्यक्रमका बिच सुभारम्भ गरिएको छ ।संक्रमित भएर संक्रमण मुक्त भएका अभियान्ताहरु मा. यज्ञ बोगटी, युवा नेता नारायण घर्ती, अधिबक्ता राधिका खतिवडा लगाएत करिब २० जना प्लाज्मा दाताहरुको उपस्तिथि रहेको कार्यक्रममा अस्पतालका तर्फबाट प्रशासकिय प्रमुख माधब प्र. घिमिरे, प्रबक्ता राम बिक्रम अधिकारी लगाएतको उपस्तिथि रहेको थियो ।

कार्यक्रममा बोल्दै मा. यज्ञ बोगटिले कोरोनालाई त्रासको रुप बुझ्न नहुने तथा हेलचक्राई गर्न नहुने बरु उच्च साबधानिका साथ बस्न सके सजिलै जित्न सकिने बताउनु भएको थियो ।
उक्त कार्यक्रम संचालन गर्दै अभियानका संयोजक भुजेलले आफु र आफ्नो परिवार संक्रमित हुदा भोग्नु परेको पीडा र सामाजिक बहिस्कार संक्रमितले भोग्न नपरोस भन्दै संक्रमण मुक्त ब्यक्तिले जटिल अबस्थामा रहनुभएका संक्रमितहरुलाई चडाईने प्लाज्मा थेरापिको लागि दाताको अभाब नबनोस भनेर सामाजिक चेतनामूलक कृयाकलाप गर्न अभियान सुरुवात गरेको बताउनु भयो ।
अभियानमा देशभरिका करिब ४० संक्रमित जोडिनुभएको छ भने तत्काल १६ जना दाताहरुले दाङ गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ। हालसम्म यहि अभियान अन्तर्गत रहि ४ जना दाताहरुले प्लाज्मा दान गरिसक्नु भएको र आज सुभारम्बको अबसरमा अभियान्ता सिद्द प्र. ढुङ्गानाले O +ve प्लाज्मा दान गर्नु भएको थियो ।
