• Tuesday 8th of September 2026

नेपाली राष्ट्रिय फुटबल टिमका पुर्व कप्तान सागर थापा १ वर्षको लागि मनास्लु वर्ल्ड कलेजको ब्रान्ड दूत


  • आशाका किरण
सुदर्शन बजगाई,आशाका किरण मिडिया । मनास्लु वर्ल्ड कलेज चाबाहिल चुच्चेपाटीले आज एक समारोहकाबिच नेपाली राष्ट्रिय फुटबल टिमका पुर्व कप्तान सागर थापालाई ब्रान्ड दूत (BRAND AMBASSADOR) को रुपमा चयन गरेको छ । नेपाली फुटबल जगतको विकासलाई ध्यानमा राखेर मनास्लु वर्ल्ड कलेजले पुर्व कप्तानलाई संस्थासँग आबद्ध गराएको मनास्लु उद्धमी समुहका अध्यक्ष गेन्द्र लामाले बताए ।
नागपोखरीको म्यारियट होटलमा भएको कार्यक्रममा मनास्लु वर्ल्ड कलेजका प्रधानाध्यापक राजन श्रेष्ठले स्वागत मन्तव्य राख्दै मनास्लु वर्ल्ड कलेजको बारेमा जानकारी गराएका थिए । मनास्लु टिमले भनेजस्तै अब्बल खेलाडी उत्पादन गर्न आफुले सकेको सहयोग गर्ने नेपाली राष्ट्रिय फुटबल टिमका पुर्व कप्तान सागर थापाले बताए । थापाले फुटबल विकासमा कलेजसंग सहकार्य गर्न आफू मनास्लुसंग जोडिएको प्रतिक्रिया दिएका थिए ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij