• Tuesday 8th of September 2026

११८ वर्षीय जेष्ठ नागरिक बाटुली लामिछानेसंग बाला फाउण्डेशनले मनायो जेष्ठ नागरिक दिवस(फोटो फिचर)


  • आशाका किरण

सुदर्शन बजगाई,आशाका किरण समाचार। बाला फाउण्डेशनले जेष्ठ नागरिक दिवस जेष्ठ नागरिक बाटुली लामिछानेसंग मनाएको छ। एक कार्यक्रमकाबीच नुवाकोटको ककनी पुगेर बाला फाउण्डेशनले जेष्ठ नागरिक दिवस बाटुली लामिछानेसंग मनाएको हो। कार्यक्रमको अध्यक्षता बाला फाउण्डेशनकी अध्यक्ष भवानी दहालले गर्नु भएको थियो भने प्रमुख आतिथ्यता मानिनय स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री नवराज रावतको रहेको थियो।

कार्यक्रममा विशेेष अतिथी- बागमती प्रदेश सदस्य बद्री मैनालीको रहेको थियो भने जेष्ठ नागरिक समाजका केन्द्रीय अध्यक्ष एवम् नेपाल निजामती कर्मचारी संगठनका संस्थापक अध्यक्ष माेहन बहादुर के.सी.,ककनी गाउँपालिका अध्यक्ष एवम् बाला फाउण्डेशनका सल्लाहकार मानबाहादुर लामा र उप-प्रमुख सीता खतिवडा लामा,बाला फाउण्डेशनका प्रेस संयाेजक, सल्लाहकार एवम् अरनिको टेलिभिजनका कार्यकारी निर्देशक सगाेत्री आचार्य,नेकपाका नुवाकाेट जिल्ला अध्यक्ष रामहरी श्रेष्ठ,नेपाल प्रहरीका निरिक्षक वलराम श्रेष्ठ,राष्ट्रिय स्वास्थ्यकर्मि संघ नेपालका सचिवालय सदस्य भिमराज सिंह,ककनी गाउँपालिका वडा नं ८ का अध्यक्ष एवम् बाला फाउण्डेशनका सल्लाहकार शेषमान तामाङ,मााननिय राज्यमन्त्रीका स्वकिय सचिव तपेन्द्र क्षेत्री ,वीर अस्पतालका चिकित्सक डा. राम थापा क्षेत्री, पुर्व वडा अध्यक्ष काशी अधिकारी लगायतको आतिथ्यता रहेको थियो।

बाला फाउण्डेशनका सदस्य देवी रेग्मीको संचालनमा भएको कार्यक्रममा बाला फ़ाउण्डेशनकी उपाध्यक्ष सिता खातिवडाले स्वागत मन्तब्य राख्नु भएको थियो। कार्यक्रममा छापथाेक सम्पर्क समाजका अध्यक्ष, ककनी गाउँपालिका वडा नं ८ का शेषमान तामाङ,बाला फाउन्डेसन का प्रेस संयाेजक ,सल्लाहकार एवम् अरनिको टेलिभिजनका कार्यकारी निर्देशक सगाेत्री आचार्य,ककनी गाउँ पालिका अध्यक्ष एवम् बाला फाउण्डेशनका सल्लाहकार मानबाहादुर तामाङ,जेष्ठ नागरिक समाजका केन्द्रीय अध्यक्ष एवम् नेपाल निजामती कर्मचारी संगठनका सस्थापक अध्यक्ष माेहन बहादुर के.सी. लगायतले शुभकामना मन्तब्य राखेका थिए।

कार्यक्रमका प्रमुख अतिथी स्वास्थ राज्यमन्त्री नवराज रावतले दोसल्ला ओढाएर  ११८ वर्षीय बाटुली लामिछानेलाई सम्मान गरेका थिए। कार्यक्रममा बाला फाउण्डेशनको तर्फबाट ग्राईण्डर,थर्मस,सिरक,झुल,जाडोमा लगाउने लुगा, सारी सेट,तौलिया,चामल,चना,डाइपर र हर्लिक्स लगायतको सामाग्री कार्यक्रमका प्रमुख अतिथी स्वास्थ राज्यमन्त्री नवराज रावतमार्फत हस्तान्तरण गरिएको थियो।

कार्यक्रममा विशेष अतिथी बद्री मैनालीले सांसदकाेष बाट १० लाख दिने घाेषणा गर्नु भएको थियो भने सहयोग स्वरुप १५ हजार नगद हस्तान्तरण गर्नु भएको थियो। कार्यक्रमका अर्का अतिथी माेहन बहादुर केसी बाट नगद रु २५ हजारको चेक हस्तान्तरण गरिएको थियो र घर बनाउँदा श्रमदान गर्ने घाेषणा समेत गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथीले कार्यक्रमलाई सम्बोधन गर्दै बाटुली अमालाई राज्यले सर्वाधिक जेष्ठ नागरिक घाेषणा गराउन सरकारका सम्बन्धित निकायमा पुर्ण प्रयास गर्ने प्रतिबद्धता ब्यक्त गर्दै कार्यक्रम आयोजना गरेर आफुलाई प्रमुख अतिथी बनाएकोमा आयोजक संस्थालाई धन्यवाद ज्ञापन गरेका थिए।

बाला फाउन्डेसनकी अध्यक्ष भवानी दाहालले बाटुली आमालाई सार्वजनिक जग्गा खोजेर सुबिधा सम्पन्न घर निर्माण गर्ने, राज्यबाट सर्वाधिक जेष्ठ नागरिक घोषणा गराउने प्रयास गर्ने, बाटुली लामिछानेको बायोग्राफी लेखन गर्ने, गिनिज बुकमा नाम लेखाउन पहल गर्ने र देशभरको जेष्ठ नागरिकको अभिलेख निकाल्ने बाला फ़ाउण्डेशनको योजना रहेको बताउँदै कार्यक्रममा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै कार्यक्रमको समापन गरेकी थिईन।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij