• Wednesday 9th of September 2026

विष खुवाएर ज्यान मार्ने उद्योग कसुरकी फरार महिला पक्राउ


  • आशाका किरण

विष खुवाएर ज्यान मार्ने उद्योग कसुर गरी फरार रहेकी बेलडाँडी गाउँपालिका–१ की २६ वर्षीया समिरा चन्दलाई मङ्गलबार प्रहरीले पक्राउ गरेको छ । तीन वर्षअघि नाबालकलाई विष खुवाई ज्यान मार्ने उद्योग गरी फरार रहेकी चन्दलाई घरमै लुकीछिपि बसेको बेला पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताउनुभयो ।

ज्यान मार्ने उद्योग कसुरमा चन्दलाई उच्च अदालत दिपायल महेन्द्रनगर इजलासले विसं २०७४ भदौ २० गतेको फैसलाअनुसार पाँच वर्ष कैद सजाय तोेकेको थियो । अदालतले कैद तोकेपछि चन्द फरार रहेकी थिइन् । पक्राउ परेकी चन्दलाई अदालतमा पेश गरी कैद भुक्तानका लागि कारागार चलान गरिएको छ ।

बरामद सामान भन्सार कार्यालयमा बुझाइयो

भन्सार छलेर ल्याइएको रु एक लाख एक हजार १७५ मूल्य बराबरका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बरामद गरी मङ्गलबार भन्सार कार्यालय गड्डाचौकीमा बुझाएको छ । विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बेलौरी नगरपालिका–१० भुडा र बेलडाँडी गाउँपालिका–२ चवन्नी क्षेत्रबाट भन्सार छली गरी ल्याएका मटर दाल ५७५ किलो, फलामको फरुवा (कसी) ४५ थान, फलामको नटबोल्ड ५० किलो, घाँसको बीउ ४५ किलो, तामिल बिडी १०० बण्डल, सुदर्शन मिठो सुपारी ४९ प्याकेट, तुलसी चिया ६० प्याकेट, त्रिशूल कल्पला सुर्ती ४८ प्याकेट बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताउनुभयो । जसको अन्दाजी मूल्य रु ९२ हजार ४७५ रहेको छ ।

यसैगरी भीमदत्त नगरपालिका–४ का ३० वर्षीय रिहोत देवलमातीलाई भन्सार छलेर ल्याइएका मोटरसाइलका पाटपूर्जासहित प्रहरीले पक्राउ गरी सामानसहित भन्सार कार्यालयमा बुझाएको छ । मातीबाट रु आठ हजार ७०० रकम बराबरको मोटरसाइलका पाटपूर्जा बरामद भएका छन् ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij