• Friday 24th of July 2026

अनमी बोहराद्वारा औषधि निःशुल्क सहयोग


  • आशाका किरण

लामो समयदेखि मेडिकल सप सञ्चालन गर्दै आउनुभएका र जिल्ला अस्पताल हुम्लामा कार्यरत सिनियर अनमी सरिता बोहराले जनस्वास्थ्य कार्यालय हुम्लालाई औषधि सहयोग गर्नुभएको छ ।

उहाँले ५० प्रकारका रु दुई लाख मूल्य बराबरको औषधि जनस्वास्थ्य कार्यालय हुम्लाका प्रमुख प्रेम सिंहलाई आइतबार हस्तान्तरण गर्नुभयो । आफूले अस्पतालका काममा दिनरात खट्नुपर्ने अवस्था भएका कारण पसलमा राखिएका औषधि फोहोरमा फाल्नुभन्दा जनस्वास्थ्य कार्यालयलाई सहयोग गरेको बोहराले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij