• Saturday 25th of July 2026

धारिलो हतियार प्रयोग गरी एक युवकको हत्या


  • आशाका किरण

कनकाई नगरपालिका– ३ का २२ वर्षीय अभिषेक चौधरीको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ ।

झापाको सुरुङ्गा खोलास्थित बाँसघारीमा उनको शव फेला परेको हो । उनको टाउको र अनुहारमा धारिलो हतियारले प्रहार गरेको चोट रहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो ।

घटनास्थलमा प्रहरी टोली खटाएर अनुसन्धान भइरहेको उहाँले बताउनुभयो

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij