• Saturday 25th of July 2026

नेपाल स्काउटलाई उद्योगी पवन चौधरीद्वारा एक हजार थान स्यानिटाईजर हस्तान्तरण


  • आशाका किरण

सुदर्शन बजगाई,आशाका किरण समाचार ।नेपाल स्काउटलाई एक कार्यक्रमकाबिच पामा केयरका प्रबन्ध निर्देशक एवम् उद्योगी पवन चौधरीले १ हजार थान स्यानिटाइजर हस्तान्तरण गरेका छन् ।

अशोज ३०  गते विहान ११ बजे एक कार्यक्रमकाबिच नेपाल स्काउटको राष्ट्रिय प्रधान कार्यालय लैनचौरमा सो सामाग्री नेपाल स्काउटका राष्ट्रिय तदर्थ समिती संयोजक लोक बहादुर भण्डारी मार्फत हस्तान्तरण गरिएको हो।

नेपाल स्काउटले चालाईरहेको एस एम एस अभियानलाई साथ दिन स्यानिटाइजर हस्तान्तरण गरिएको पामा केयरका प्रबन्ध निर्देशक पवन चौधरीले आशाका किरण मिडियालाई बताए ।

सहयोग गरेकोमा नेपाल स्काउटको तर्फबाट धन्यवाद स्वरुप स्कार्फ मायाको चिनोको रुपमा नेपाल स्काउटका राष्ट्रिय तदर्थ समिती संयोजक लोक बहादुर भण्डारीले प्रदान गरेका थिए ।

कस्मेटिकको व्यापार गर्ने भएतापनी महामारीमा सस्तोम स्यानिटाईजर उत्पादन गरेर बिक्री गरेको चौधरीको तर्क छ । चौधरीले आफुले फाईदाकोलागि नभएर सेवाको लागि स्यानिटाइजर उत्पादन गरेको बताए ।

कार्यक्रममा नेपाल स्काउटका निर्देशक रामप्रसाद भट्टराई,संचारकर्मी बिदुर खतिवडा लगाएतको उपस्थिति रहेको थियो । भौतिक दुरी कायम गर्दै संचालन गरिएको कार्यक्रममा रोभर रेन्जर स्काउटको समेत उपस्तिथि रहेको थियो ।

प्राप्त भएको स्यानिटाइजर अग्र भागमा रहेर स्वयंसेवकको  भुमिका निर्वाह गरिरहेका रोभर रेन्जरलाई वितरण गरिने नेपाल स्काउटका प्रमुख लोक बहादुर भण्डारीले आशाका किरण मिडियालाई बताए ।

नेपाल स्काउट नेपालकै सबैभन्दा ठूलो स्वयंसेवी संस्था हो ।

भिडियोमा हेर्नुस् हस्तान्तरण कार्यक्रम :

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij