सुदर्शन बजगाई,आशाका किरण समाचार । काठमाडौंको गोंगबुमा समाजिक रुपमा कृयाशिल संस्था जय महांकाल युवा समुहको नि:शुल्क खाना र लत्ता कपडा अभियानलाई होस्टेमा हैंसे गर्न नेकपाको शक्तिशाली युव संगठन राष्ट्रिय युवा संघ नेपालका सह-संयोजक रमेश पौडेल गोंगबु बसपार्क पुगेका छन् ।
आफैं पैसा उठाएर १६५ दिनदेखी गरिब र निमुखा दैनिक छाक टार्न अफ्ट्यारो पर्ने जनतालाई लक्षित गरेर अभियान संचालन गरेको जय महांकाल युवा समुहका बरिष्ठ सल्लाहकार अमित पौडेलले आशाका किरण मिडियालाई बताए। संस्थाका सदश्यहरुबाट संकलित रकमबाट नियमित खाना खुवाउने काम भईरहेको र यो अभियान ३६५ दिनसम्म संचालन गर्ने उद्धेश्य रहेको जय महांकाल युवा समूह गोंगबु बसपार्कका अध्यक्ष लिला भण्डारीले बताए ।

कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य राजन थापा समेतको उपस्थिति रहेको थियो । कार्यक्रममा निशुल्क भोजन वितरण गरेपछि आशाका किरण मिडियासंग कुराकानी गर्दै रमेश पौडेलले युवाहरुले स्वस्फूर्त रुपमा संचालन गरेको स्वयंसेवी अभियानमा सहभागी हुन पाउँदा खुसी लागेको र यस्ताखालका अभियान देशभर संचालन गर्ने देशभरका युवा संघका नेता कार्यकर्तालाई अनुरोध समेत गरेका छन् ।
युवाहरुको कामलाई प्रोत्साहन दिनुपर्छ भनेर आफू महामारीको प्रवाह नगरी अभियानमा सरिक भएको सहसंयोजक रमेश पौडेलको तर्क थियो । कोभिड १९ का कारण रोजगारी गुमाएका र आय आर्जनका श्रोत नभएका दैनिक ज्याला मजदुरी गर्ने लाई लक्षित गरेर निशुल्क भोजन अभियान संचालन गरेको आयोजक संस्थाको दाबी छ ।

दैनिक ३०० भन्दा बढीले खाना खाने गरेको राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य राजन थापाले बताउनु भयो । युवा संघ नेपालका सह-संयोजकलाई हौसला प्रदान गर्न आएकोमा समुहका सदस्यहरुले धन्यवाद ज्ञापन गरेका थिए ।
