• Wednesday 9th of September 2026

अपहरण मुद्दाका फरार प्रतिवादी पक्राउ


  • आशाका किरण

सङ्गठित अपहरण, शरीर बन्धक र ज्यान मार्ने उद्योग मुद्दाका फरार एक प्रतिवादी छ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–१२ का नरेश मेचे छन् । जिल्ला अदालत झापाले अपहरण, शरीर बन्धक र ज्यान मार्ने उद्योग मुद्दामा उनलाई १७ वर्ष कैद र रु एक लाख ५० हजार जरिवानाको फैसला सुनाएको थियो ।

विसं २०७१ माघ १८ गते झापाका सुनिलकुमार अग्रवाल ९विन्दल० लाई बजरङ्ग पन्सारी ९अग्रवाल० र मेचेसहितको समूहले अपहरण गरेको थियो । विशेष सूचनाका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले काठमाडौँ महानगरपालिका– २९ गोङ्गबुस्थित होटल काठमाडौँ इनबाट मेचेलाई आइतबार पक्राउ गरी आवश्यक कारवाहीका लागि आज जिल्ला प्रहरी कार्यालय झापा पठाएको सिआइबीका प्रमुख प्रहरी नायब महानिरीक्षक सहकुल थापाले जानकारी दिनुभयो ।

उनीहरुले अग्रवाललाई एम्बुलेन्समा हालेर हर्कबहादुर कन्दका घरमा पु-याइ बन्धक बनाएका अवस्थामा सोही साल माघ २३ गते उद्धार गरेको थियो । सो क्रममा अपहरणकारी र प्रहरीबीच गोली चल्दा एक प्रहरीसमेत घाइते भएका थिए । सङ्गठितरुपमा मानव अपहरण गरी शरीर बन्धक बनाएको र ज्यान मार्ने उद्योगमा उनीहरुविरुद्ध मुद्दा दर्ता भएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij