• Wednesday 9th of September 2026

ग्रामीण सडकमा ट्राफिकको सचेतना


  • आशाका किरण
sf7df8f}F, !^ ebf} M 6«flkms k|x/Ln] hgr]tgf km}nfpgsf nflu ljleGg ;"rgfx?;lxt 6«flkms k|x/Ls} j]ife"iffdf sf]6]Zj/ rf]sdf /flvPsf] 6«flkms k|x/Lsf] k|ltd"lt{ . 6«flkms k|x/Ln] rf]srf]sdf o;/L ljleGg vfnsf ;r]tgf lbg] Kn]sf8 af]sfP/ /flvPsf] 6«flkms k|x/Lsf] k|ltd"lt{ . t:jL/ M /Tg >]i7, /f;; .

ट्राफिक प्रहरी कार्यालयले पछिल्लो समय जिल्लाका ग्रामीण सडकमा पनि सचेतना अभियान सञ्चालन गरेको छ । जिल्ला सदरमुकामको बागबजार–बगरकोट सडकमा सवारी चालक र यात्रुको चेतनाका लागि ट्राफिक नीयमसहित सन्देशमूलक बोर्ड राखेर ट्राफिक प्रहरीले जनचेतना गराउन थालेको हो । उक्त सडकमा सवारी साधनको चाप बढ्दै जान थालेकाले ट्राफिक नीयमको पालनका साथै सम्भावित दुर्घटनाबाट बच्न यस्तो अभियान थालिएको कार्यालय प्रमुख देवहादुर खत्रीले बताउनुभयो ।

यो सडकमा पछिल्लो समयमा सवारी साधनको चाप बढ्दै जाँदा सडक दुर्घटनाको जोखिम पनि बढ्न थालेकाले चालक र यात्रुलाई सचेत गराएर सभाबित दुर्घटना कम गराउन सकिने जानकारी दिँदै उहाँले भन्नुभयोे, “सडकको जोखिम भएका अन्य स्थानमा पनि यस्ता कार्यक्रम गर्दै आएका छौं ।”सडक कालोपत्रे भएसँगै सवारी साधनको गति पनि बढदै जाँदा दुर्घटना हुन सक्ने भएकाले गाउँपालिकाको सहयोगमा चेतनामुलक तथा सन्देशमूलक होर्डिङ बोर्ड राखिएको गाउँपालिकाका अध्यक्ष कौशिला भट्टले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij