• Wednesday 9th of September 2026

नगर प्रमुख कोषबाट विपन्नलाई कुटानीपिसानी मिल


  • आशाका किरण

नगर प्रमुख कोषबाट यहाँका विपन्न समुदायलाई मिल उपहार दिइएको छ । प्युठान नगरपालिकाका प्रमुख अर्जुनकुमार कक्षपतिले आफ्नो मासिक पारिश्रमिकबाट स्थापना गरिएको कोषबाट नगरपालिकाका चार विपन्न समुदायला मिल सहयोग गर्नुभएको हो ।
प्युठान–८ धर्मावती, बाङ्गेका करीब ४० घरधुरी रहेका दलित समुदायलाई बुधबार मिल वितरण गरिएको हो । नगर प्रमुख कक्षपतिका अनुसार नगरका तीन वटा वडाका माझकोट, धर्मावतीको बाङ्गे, तिखाचुली र जुम्रीका दलित समुदायलाई मिल उपलब्ध गराइएको हो । विपन्न तथा पछाडि परेका समुदायको उत्थानका लागि नगरपालिकाले पहिलो प्राथमिकता दिएको जनाउँदै नगर प्रमुख कक्षपतिले भन्नुभयो, “जनताका सपना पूरा गर्न बाँकी छ, हामी जनमैत्री शासनको अभ्यासमा सक्दो प्रयास गरिरहेका छौंँ ।”
कुटानीपिसानीका लागि दैनिक चार घण्टा बढी खर्चिनुपर्ने बाध्यता टर्ने स्थानीयवासीले बताएका छन् । विद्यालय छुटाएर नातिनातिनालाई मिलमा पठाउनुपर्ने बाध्यता हटेको ६५ वर्षीया पिमा नेपालीले बताउनुभयो ।
त्यसैगरी नगर प्रमुख कक्षपतिले आफ्नो पारिश्रमिक कटाई संकलन गरेको प्रमुख कोषबाट रु एक लाख ४८ हजारको कम्बाइन मिल उपहार प्रदान गर्नुभएको छ । उहाँले धर्मावतीको दम्तीमा मन्दिर निर्माणका लागि रु २५ हजार, वडा नं १ तल्लो क्वाडीको प्रतीक्षालयका लागि रु २५ हजार, वडा नंं ४ विजुवार हल्दीखोला निवासी विपन्न तथा रोगी चत्तुरसिं नेपालीलाई औषधोपचारका लागि रु ४० हजार पनि सहयोग गर्नुभएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij