• Saturday 25th of July 2026

रु २९ लाखसहित १० जुवाडे पक्राउ


  • आशाका किरण

जिल्ला प्रहरी कार्यालय बाँकेले गएराति नेपालगञ्जमा जुवाको खालमा छापा मारी रु २९ लाखसहित १० जनालाई पक्राउ गरेकोे छ । नेपालगञ्ज उपमहानगरपालिका–४ बसपार्क निवासी कृष्णप्रसाद वलीको घरमा जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा गएराति पुगेको प्रहरी टोलीले छापा मार्दा रु २९ लाख ४८ हजार ७०० नगदसहित १० जनालाई नियन्त्रणमा लिइएको बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिनुभयो ।

उहाँका अनुसार, तास खेलिरहेका नेपालगञ्ज–४ निवासी सन्तोष थापा, नवीन घिमिरे, पब्लु भण्डारी, सन्तोष वली, कृष्णबहादुर सुवेदी, तरुण गौतम, नेपालगञ्ज–६ निवासी मेघनाथ कुचबधिया, नेपालगञ्ज–१० निवासी टोपबहादुर शाही, नेपालगञ्ज–७ निवासी रविन राणा र नेपालगञ्ज–१ निवासी रहमान मियालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तिलाई कानूनबमोजिम कानुनी कारबाही अगाडि बढाइएको प्रहरी उपरीक्षक रानाले बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij