सुदर्शन बजगाई,आशाका किरण समाचार । जन्मदिन भन्ने बित्तिकै पार्टी गर्ने रेस्टुरेन्ट जाने र मोजमस्ती गर्नेहरुको लर्को लाग्ने गर्छ ।
आफ्ना नजिककलाई बोलाएर मासु रक्सी सहितको पार्टी दिने र भड्किलो संस्कृतीलाई प्रोत्साहन गर्नेको जमात बढीरहेको बेला नेकपाका युवा नेता एवम् भोजपुर काठमाडौं सम्पर्क मन्चका पुर्व अध्यक्ष पारुहाङ राईले भने आफ्नो जन्मदिन पृथक तरिकाले मनाएका छन् ।
भक्तपुरको सुर्यबिनायक नगरपालिकाको डोलेश्वर मन्दिर नजिकै रहेको मुस्कान सेवा नेपालमा आश्रित १२ जना बालबालिकासंग पारुहाङ राईले आफ्नो परिवार सहित आफ्ना नजिकका साथीभाईलाई लगेर जन्मदिन मनाएका हुन् ।
राईकी आमा र मुस्कान सेवा नेपालको अनाथ आश्रममा आश्रीत बालबालिका मध्यकी कान्छी नानीबाट केक काटेर बालबालिकालाई स्टेसनरी उपलब्ध गराएर नेकपाका युवा नेता पारुहाङ राईले जन्मदिन मनाएका हुन् ।
भड्किलो संस्कृतिलाई निरुत्साहित पार्नकोलागि र युवाहरुलेपनी यस्तो समाजिक कामबाट प्रेरणा लिउन् भनेर यस्तो कार्यक्रमको आयोजना गरेको पारुहाङ राईले आशाका किरण मिडियालाई बताए ।




नेकपाका युवा नेता पारुहाङ राईले साथिभाईसंग महंगा रेस्टुरेन्टमा गएर गर्ने खर्चले संस्थालाई सहयोग हुन्छ भनेर आफुले सो कार्य गरेको बताएका हुन् । स्टेसनरी वितरणपछी नेमान्त किचेनबाट बनाएर लागेको खाना बालबालिकालाई दिएर पारुहाङ राईले बालबालिकासंगै खाना खाएर आफ्नो जन्मदिन मनाएका हुन्।
मुस्कान सेवा नेपालकी अध्यक्ष एवम् सन्चालक भवानी राई गुरुङले पारुहाङ राईलाई खादा लगाएर अनाथ आश्रममा आशृत बालबालिकाले बनाएको जन्मदिनको शुभकामना कार्ड प्रदान गरेर स्वागत गर्नु भएको थियो ।
मुस्कान सेवा नेपालको प्राङ्गणमा आएर कामको मुल्यांकन गर्दै सहयोग गरेकोमा भवानी राई गुरुङले धन्यवाद ज्ञापन गरेकी थिईन् ।



कार्यक्रममा माछापुच्छ्रे बैंकका डाइरेक्टर गोपी न्यौपाने,भोजपुर काठमाडौं सेवा समाजका अध्यक्ष पासाङ दोर्जे शेर्पा,राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य भक्त राई,रामप्रसाद राईकी बुहारी शिव कुमारी राई,युवा ब्यवसायी राजकुमार कार्की,नेमान्त किचेनका संचालक बिष्णु मगर,युवा ब्यवसायी राजकुमार श्रेष्ठ र श्रीकृष्ण श्रेष्ठ लगाएतको उपस्थिति रहेको थियो भने संविधान सभा सदस्य तारादेवी राईको विशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रममा उपस्थित सबैले युवा नेता पारुहाङ राईको सुस्वास्थ,दिर्घायु एवम् उत्तरोत्तर प्रगेतीको कामना गरेका थिए ।
यस्ता खालको कामले युवा पुस्तामा समाज सेवाको भावना जागृत हुने निश्चित प्राय छ।
फोटो : रवी कुमार बरुवाल – आशाका किरण मिडिया प्रा.लि.
