• Wednesday 9th of September 2026

चिसो बढेसँगै बाढीपहिरो पीडितलाई बासको चिन्ता


  • आशाका किरण

भदौ १७ गते भुजी खोलामा बाढीपहिरो नआएको भए यतिवेला ढोरपाटनको बुकी क्षेत्रमा रहेका बोबाङबासी बेसी झरिरहेका हुन्थे । वर्षाको समयमा ढोरपाटन शिकार आरक्ष क्षेत्रको बुकीमा पशुपालन व्यवसाय र खेतीपाती गर्ने र हिउँदमा बोबाङ झरेर चिसो छल्थे उनीहरू । ढोरपाटन नगरपालिका–७, ८ र ९ का अधिकांश स्थानीयवासीको बसाइँ घुम्ती हुन्छ । हरेक वर्ष ६÷६ महिनामा हुने तलमाथिको बसाइँ यो वर्ष हुने कि नहुने भन्नेमा उनीहरू चिन्तित छन् । हिउँदमा बेसी झरेर बस्ने भुजीखोला छेउका घरमा भएका आफन्तसहित मासिएका घरहरूको सम्झनामा मात्रै उनीहरूसँग छ । बाढीपहिरोका कारण क्षति भएका घरका परिबारले चिसो बढेसँगै यो वर्षको हिउँद कसरी कटाउने भनेर चिन्ता गर्न थालेका छन् । खोला छेउका १२७ घर परिवार बिस्थापित भएका थिए । बाढी पहिरो गएको दुई महिना बित्यो तर पीडितहरूको बास त्रिपालमै छ ।

पीडितको राहतका लागि नगद, खाद्यान्न, लत्ताकपडा र अन्य बन्दोबस्तीका सामग्री बोकेर धेरै संस्था, व्यक्ति तथा समूह ढोरपाटन पुगे ।सरकारले बागलुङलाई बिपदग्रस्त क्षेत्र घोषणा गरेर पुनः निर्माण गर्ने भनेको दुई महिना पुग्दा पनि अहिलेसम्म काम हुन सकेको छैन । केहीदिनदेखि जाडो बढेपछि बाढीपीडितहरू घर बनाइदिन सरकारसँग माग गर्न थालेका छन् । “चिसो पालमुनी कटाउन सकिन्न, सरकारले कहिले बनाईदेला खै घर रु” पीडित चन्द्रा पुनले भन्नुभयो, “आँफै बनाउन सक्ने अबस्था छैन्, चिसो कसरी कटाउनु रु” ‘छिमेकीकोमा बसेको पनि दुई महिना भयो, चिसोमा सबैलाई सुविधा पुग्दैन।” पीडित भीमबहादुर सुनारले भन्नुभयो, “दिन त घाम तापेर कट्ला रात कसरी कटाउनु?” नगरपालिकाले पीडितका घर बनाउने कामका लागि सङ्घीय र प्रदेश सरकारका कार्यक्रम कुरेर बसेको छ । “केन्द्रीय बिपत व्यवस्थापन समितिको सिफारिसमा गृह मन्त्रालयले बिपतग्रस्त क्षेत्र घोषणा गरेकाले हामीले सो कार्यविधि पर्खिँदा ढिला भएको हो” उक्त नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत डिल्लिराम भट्टराईले भन्नुभयो, “सङ्घ र प्रदेशको कार्यक्रम आएपछि हाम्रो रणनीति बनाउँला भनेर कुर्दा ढिला हुने भयो ।”

संघीय सरकारले प्राबिधिक कार्यालय र प्रदेश सरकारले पूर्वाधार कार्यालयका एकाइ नै स्थापना गर्ने भनेकाले योजना दोहोरिने अवस्था आउन नदिन कुरेर बसेको उहाँको जिकिर थियो । “सबै त्रिपालमुनी हुनुहुन्न, घुम्ती बसाइँ भएकाहरूको खर्कमा पनि घर छ। ” प्रशासकीय अधिकृत भट्टराईले भन्नुभयो, “चिसो जोगाउने अरु उपाय लगाउँछौं, थप पीडा हुन दिन्नौं।” जिल्लाभर यस वर्ष ५९० घरमा बाढी पहिरोले क्षति पु¥याएको विवरण जिल्ला प्रशासन कर्यालयसँग छ । उक्त नगरपालिकाले पीडितको पुनःस्थापनाकालागि स्थापना गरेको कोषमा हालसम्म रू दई करोडभन्दा धेरै रकम जम्मा भए पनि त्यसलाई परिचालन गरेर राहत र पुनःस्थापनका लागि भने नगरले अग्रसरता देखाएको छैन् । चामल, दाल, नुन, तेल, लत्ताकपडा, भाँडाजस्ता सामग्री पशसस्तै पाएपनि ओत लाग्ने घर नहुँदा समस्या भएको पीडितहरूको गुनासो थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij