राष्ट्रिय समाचार समिति (रासस) का जिल्ला समाचारदाता सीतारामप्रसाद वर्माको उपचारका क्रममा क्रिष्ट मेडिकल कलेज, ग्वार्को ललिपुरमा शुक्रबार बिहान ५ः४५ बजे ७९ वर्षका उमेरमा निधन । उहाँप्रति अन्तिम श्रद्धाञ्जलिका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता राजेन्द्रप्रसाद पाण्डे, नेपाली काँग्रेसका नेता दिलमान पाख्रिन, काँग्रेस धादिङका सभापति रमेश धमला, नेपाल प्रेस काउन्सिलका कावा अध्यक्ष गोपाल बुढाथोकी, नेपाल पत्रकार महासङ्घ धादिङका अध्यक्ष नवराज छत्कुलीलगायत काठमाडौँ र धादिङका पत्रकार पशुपति पुग्नुभएको थियो । दिवङ्गत वर्माको आजै शुक्रबार पशुपतिमा अन्त्येष्टि गरिएको छ । स्व वर्मालाई उहाँका सुपुत्र मिलनले दागबत्ती दिनुभएको थियो । तस्बिर : सीताराम अधिकारी÷रासस
