• Tuesday 8th of September 2026

स्याङ्जामै पहिलोपटक फुटसल सञ्चालनमा


  • आशाका किरण

स्याङ्जा जिल्लामै पहिलोपटक फुटसल खेलको शुरुआत भएको छ । वालिङ–८ बिपीचोकमा वालिङ स्पोटस् सेन्टरले फुटसल कोर्ट स्थापना गरी जिल्लामै पहिलोपटक खेल सञ्चालन गरेको हो ।

सेन्टरले रु एक करोडको लागतमा फुटसल सञ्चालनमा ल्याएको सञ्चालक गणेश सुवेदीले बताउनुभयो । छ रोपनी क्षेत्रफलमा सेन्टरले पहिलोपटक फुटसल सञ्चालनमा ल्याइएको छ । सञ्चालक सुवेदीले भन्नुभयो, “फुटसल सञ्चालनमा आइसकेपछि ब्याडमिण्टन कोर्ट, स्वीमिङ पुल, सभाहल, रेष्टुरेण्ट, लज सञ्चालन गर्ने लक्ष्यसहित अगाडि बढेका छौँ ।” दिनभरि कामकाजमा व्यस्त हुने र साँझ बिहानको समयमा शरीर स्वस्थ राख्नका लागि पनि फुटसल उपयोगी रहेको उहाँको भनाइ छ ।

मोफसलमा फुटसल सञ्चालन गरेर जिल्लामा पहिलोपटक फुटसल खेललाई प्रवेश गराएर खेलकूदको विकास तथा खेलाडीको क्षमता प्रष्फुटन गर्नमा वालिङ स्पोटस् सेन्टरले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का केन्द्रीय सदस्य लालबहादुर ज्वारचनको छ । फुटसलको आज गण्डकी प्रदेश विधायन समिति सभापति मोहनप्रसाद रेग्मी, वालिङ नगरपालिकाका प्रमुख दिलीपप्रताप खाँण र ज्येष्ठ नागरिक टुकप्रसाद सुवेदीले संयुक्तरूपमा उद्घाटन गर्नुभएको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij