• Wednesday 9th of September 2026

खुकुरी प्रहार गरी हत्या गर्ने हत्याका अभियुक्त सार्वजनिक


  • आशाका किरण

जिल्ला प्रहरी कार्यालयले मकवानपुरले बकैया गाउँपालिका–४ निवासी २० वर्षीय विकास वाइवालाई खुकुरी प्रहार गरी हत्या गर्ने एक जना अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गरेको छ । हत्यामा संलग्न सोही स्थान बस्ने २० वर्षीय शङ्खर भनिने भीमराज भोलनलाई प्रहरीले शनिबार पक्राउ गरी आज पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

गत शुक्रबार दिउँसो बकैया ४ स्थित सिमाद खोलाको बगर नयाँदमारमा रहेको फुटवल चौरमा बसेर चुरोट खाइरहेको अवस्थामा विवाद भएपछि भोलनले साथमा रहेको खुकुरी प्रहार गरी वाइवाको हत्या गरेको जिप्रकाका एसपी सुशील सिं राठौरले जानकारी दिनुभयो ।वाइवाको हत्यापश्चात् भोलन फरार रहेका थिए । प्रहरीले भोलनको हुलिया र फोटो पत्राचार गरी खोजतलास गरेको थियो । फरार उनीलाई शनिबार बिहान ललितपुर वाग्मती गाउँपालिका–२ माल्टाका स्थानीयवासीले पक्राउ गरी प्रहरीलाई जिम्मा लगाएका थिए ।

इलाका प्रहरी कार्यालय ठिङ्गन र प्रहरी चौकी भट्टेडाँडा ललितपुरबाट खटिएको टोलीले उनीलाई नियन्त्रणमा लिएको थियो । घटनाको विषयमा थप आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij