• Wednesday 9th of September 2026

नेपाल स्काउटलाई सधैँ गोकर्णेश्वर नगरपालिकाको साथ रहन्छ : नगरप्रमुख सन्तोष चालिसे


  • आशाका किरण

सुदर्शन बजगाई,आशाका किरण समाचार । नेपाल स्काउटले नेपाल सरकार स्वास्थ तथा जनसंख्या मन्त्रालयसंग सहकार्य गरेर युनिसेफको सहयोगमा संचालन गरेको कोभिड विरुद्धको जनचेतनामूलक अभियानलाई आफुले सकेको सहयोग गर्ने गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले बताएका छन् ।

आज बागमती प्रदेश स्काउटको तदर्थ समितिले आयोजना गरेको अभियान शुभारम्भ समारोहमा गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले सो प्रतिबद्धता व्यक्त गरेका हुन् । आफैँ जनचेतना जगाउने खालको पर्चा बाँड्न मैदानमा उत्रिनुभएका चालिसेले कोभिडको रोखथामको लागि नगरपालिकाले गरेको कामको बारेमा समेत जानकारी गराएका थिए ।

कार्यक्रममा नेपाल स्काउटका बागमती प्रदेश तदर्थ समिती सदस्य शिवराम अर्याल र राष्ट्रिय सहायक प्रशिशक सुरज खनाल लगाएतको उपस्थिति रहेको थियो भने कार्यक्रममा टोखा क्र्यु,आशा क्र्यु,योङहार्ट क्र्यु,गोकर्णेश्वर क्र्यु र साक्व क्र्युको उपस्तिथि रहेको थियो । कार्यक्रम ६ महिना सम्म चल्ने नेपाल स्काउटले जानकारी गराएको छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij