• Friday 24th of July 2026

‘पहुँचवालाबाट सरकारी जमीन अतिक्रमण’ – पद्माकुमारी अर्याल


  • आशाका किरण
sf7df8f}F, !! c;f]h -/f;;_ M z''esfdgf cfbfgk|bfg sfo{qmd e"ld Joj:yf, ;xsf/L tyf ul/aL lgjf/0fdGqL kbdfs''df/L cof{nåf/f nlntk'/df zlgaf/ cfof]lht ljhof bzdL tyf z''e bLkfjnLsf] z''esfdgf cfbfgk|bfg sfo{qmdnfO{ ;Daf]wg ub}{ dGqL cof{n . t:jL/ M rGb|snf If]qL

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सरकारी, सार्वजनिक तथा गुठी जग्गा अतिक्रमण गर्नेमा पहुँचवाला व्यक्ति तथा पूर्वमन्त्री नै सक्रिय रहेको बताउनुभएको छ । मन्त्रालयले आज सिंहदरबारमा आयोजना गरेको बिदाइ समारोहलाई सम्बोधन गर्दै उहाँले राज्यको सम्पत्ति दोहन गर्ने जोकोहीलाई पनि कानूनी दायरामा ल्याउन कर्मचारीलाई सदैव उच्च मनोबलका साथ काम गर्नुपर्ने सुझाव दिनुभयो ।

मन्त्री अर्यालले आफ्नो कार्यकालमा सगरमाथाको नयाँ उचाइको घोषणा, नयाँ नेपालको नयाँ नक्शा पारित तथा थुप्रै रचनात्मक काम गरिएको जिकिर गर्नुभयो । मन्त्री अर्यालले आजै कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा पुगी पदबहाली गर्नुभएको छ । सो अवसरमा नवनियुक्त कृषिमन्त्री अर्यालले कृषि क्षेत्रको विकासबाट मुलुक र जनताको समृद्धि सम्भव रहेको बताउनुभयो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij