• Wednesday 9th of September 2026

नेपाल स्काउटको राष्ट्रिय प्रधान कार्यालयमा सम्पन्न भयो प्रदेश नम्बर २ को स्काउट तदर्थ समितिको दिक्षान्त समारोह


  • आशाका किरण

सुदर्शन बजगाई,आशाका किरण समाचार । प्रदेश नं. २ का प्रदेश स्काउट तदर्थ समितिका संयोजक तथा सदस्यहरूको दीक्षान्त एवं पद तथा गोपनीयताको सपथ ग्रहण समारोह भव्यताकासाथ सम्पन्न भएको छ ।

No description available.

नेपाल स्काउट रा.प्र.का. लैनचौरमा हिजो आयोजित समारोहमा नेपाल स्काउटका राष्ट्रीय तदर्थ समितिका संयोजक लोक बहादुर भण्डारीले नेपाल स्काउटको दीक्षा प्रदान गर्नु भएको थियो ।

No description available.

No description available.

कार्यक्रममा आफ्नो निर्देशनात्मक मन्तव्य राख्दै युवा तथा खेलकूद मन्त्रालयका सचिव श्री राम प्रसाद थपलियाले यस तदर्थ समितिको स्काउट विस्तारमा रहने भुमिका बारे विस्तृत रुपमा प्रकाश पार्नु भएको थियो । मन्त्रालयका सचिव थपलियाले नवगठित प्रदेश स्काउट समितिले प्रदेश सरकार संग गर्नुपर्ने आवश्यक समन्वयको महत्वबारे प्रकाश पार्नु भएको थियो ।

No description available.

नेपाल स्काउटले सरोज यादवको संयोजकत्वमा गत कार्तिक ०६ गते १५ सदस्यिय प्रदेश नं. २ का स्काउट तदर्थ समिति गठन गरेको थियो । प्रदेश समितिको सपथसंगै अब संगठन विस्तार र गतिविधि संचालन गर्ने बाटो खुलेको प्रदेश २ का संयोजक सरोज यादवले बताए । कार्यक्रममा नेपाल स्काउटका राष्ट्रिय तदर्थ समितिका संयोजक लोक बहादुर भण्डारीले स्काउटिङ स्पिरिट लिएर हरेक स्थानिय तहका वडा वडासम्म स्काउटलाई विस्तार गर्न अपिल समेत गरेका थिए ।

No description available.

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij