• Saturday 25th of July 2026

सकियो बागमती प्रदेश स्काउटको दीक्षान्त समारोह,मुख्यमन्त्री पौडेलले समेत लिए स्काउटको दीक्षा


  • आशाका किरण

सुदर्शन बजगाई,आशाका किरण समाचार । नेपाल स्काउट बागमती प्रदेश तदर्थ समितिको दिक्षान्त समारोह तथा पद तथा गोपनियताको सपथ ग्रहण समारोह भब्य समारोहका साथ बागमती प्रदेशको राजधानी हेटौंडाको सामना होटलमा पुस १७ गते सम्पन्न भएको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा भर्खरै नियुक्त केशरत्न बज्राचार्य नेतृत्व को बागमती प्रदेश स्काउट तदर्थ समितिको दिक्षान्त सम्पन्न भएको हो ।

कार्यक्रममा बागमती प्रदेशका प्रदेशसभा सदश्य दिपक निरौला,केशव पाण्डे,युवा तथा खेलकुद मन्त्रालयका सचिव सचिव रामप्रसाद थपालिया र नेपाल स्काउटको राष्ट्रिय तदर्थ समितिका संयोजक लोक बहादुर भण्डारीले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा बोल्दै बागमती प्रदेशका प्रदेशसभा सदस्य केशव पाण्डेले आफ्नो बाल्यकालमा स्काउटले गरेको कार्यक्रम र त्यसले जिवनमा पारेको प्रभावबारे धारणा प्रस्तुत गरेका थिए।

बागमती प्रदेशका अर्का प्रदेशसभा सदस्य एवं स्काउट मास्टर दिपक निरौलाले प्रदेश सरकारले स्काउटलाई सक्दो सहयोग गर्ने र त्यसकोलागी स्काउट र सरकारको पुलको काम गर्न आफू तयार रहेको बताएका थिए । .

कार्यक्रममा नवनियुक्त प्रदेश तदर्थ समितिका पदाधिकारीलाई नेपाल स्काउटका संयोजक लोक बहादुर भण्डारीले प्रदेशभरका हरेक स्थानीय तहको वडावडामा लैजानेगरि कार्यक्रम तय गर्न निर्देशन दिनुभएको छ ।

प्रदेश राजधानी हेटौडामा  आयोजित समारोहमा नेपाल स्काउटका राष्ट्रीय संयोजक श्री लोक बहादुर भण्डारीले प्रदेश स्काउट संरक्षक  मुख्य मन्त्रीलाई प्रदेश स्काउटको संरक्षकको दीक्षा प्रदान गर्नु भएको थियो भने नवनियुक्त प्रदेश स्काउट सल्लाहकार श्री गुन्ज बहादुर श्रेष्ठका साथै प्रदेश समिति संयोजक तथा सदस्यहरूलाई  मुख्य मन्त्रीज्युले स्काउट दीक्षा संगै पद तथा गोपनीयताको सपथ गराउनु भएको थियो ।

मुख्यमन्त्री श्री डोरमणि पौडेलले बागमती प्रदेशका सबै पालिकामा स्काउट बिस्तार गर्न बागमती प्रदेश सरकार प्रतिवद्ध रहेको समेत जानकारी दिनु भयो । आत्म अनुशासनको पाठ सिकाउने स्काउट अभियानमा लाग्ने जोसुकैले हदै सम्मको अनुशासन र मर्यादा प्रदर्शन गर्नु पर्ने कूरामा माननीय मुख्यमन्त्रीले जोड दिनु भयो।

नेपाल स्काउटले स्काउटर केशरत्न बज्रचार्यको संयोजकत्वमा गत कार्तिक ०६ गते १९ सदस्यिय बागमती प्रदेश स्काउट तदर्थ समिति गठन गरेको थियो ।

फोटो : नेपाल स्काउटको फेसबुक पेजबाट

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij