• Wednesday 9th of September 2026

युवा मन्त्री दावा तामाङले लिए नेपाल स्काउटको प्रमुख स्काउटको दीक्षा :अब ७५३ स्थानीय तहमा स्काउट बिस्तार गर्न मन्त्रालयले भरपुर सहयोग गर्ने


  • आशाका किरण

सुदर्शन बजगाई,आशाका किरण समाचार ।युवा तथा खेलकुद मन्त्री दावा तामाङले नेपाल स्काउटको प्रमुख स्काउटको दीक्षा लिएका छन् । नेपाल स्काउटको राष्ट्रिय प्रधान कार्यालय लैनचौरमा भव्य समारोहकाविच युवा मन्त्री तामाङले पद तथा गोपनियताको सपथ लिएका हुन् ।

मन्त्री तामाङलाई प्रमुख स्काउटको सपथ नेपाल स्काउटका राष्ट्रिय तदर्थ समितिका संयोजक लोक बहादुर भण्डारीले गराएका थिए ।

कार्यक्रममा नेपाल स्काउटका राष्ट्रिय तदर्थ समितिका संयोजक लोक बहादुर भण्डारीले मन्त्री तामाङलाई नेपाल स्काउटले गरेको गतिविधि एवम् भावी योजनाबारे प्रकाश पारेका थिए ।

कार्यक्रममा बोल्दै युवा तथा खेलकुद मन्त्री दावा तामङले नेपाल स्काउटले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाएकोमा वर्तमान नेतृत्वलाई बधाई ज्ञापन गरेका थिए ।

मन्त्री तामाङले नेपाल स्काउटले समाजिक मात्र नभई विपतको बेलामा समेत सर्‍हानिय काम गरेकोमा धन्यवाद दिँदै ७५३ स्थानीय तह र हरेक विद्यालयमा स्काउट पुर्‍याउन शुभकामना समेत प्रदान गरे ।

स्काउटमा गर्नुपर्ने काम र देखा परेका समस्या हल गर्न आफू प्रतिबद्ध रहेको समेत मन्त्री तामाङले बताएका थिए ।

हेर्नुस् पूरा भिडियोमा यस्तो थियो दीक्षान्त समारोह :

यो पनी हेर्नुहोस् :

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij