• Wednesday 9th of September 2026

फरक क्षमताका खत्री गाउँकै अगुवा कृषक


  • आशाका किरण
km/s Ifdtfsf vqL ufpFs} cu'jf s[ifs b'Nn", @! df3 M zf/Ll/s ?kdf km/s Ifdtf ePsf b}n]v gf/fo0f gu/kflnsf –! s'O{sfgfsf $* jifL{o rqmaxfb'/ vqLn] Jofj;flos ?kdf ug'{ ePsf] uf]ne]+8f v]tL . ufpFs} cu'jf s[ifs sxlnFPsf vqLn] rf/ /f]kgLdf t/sf/L v]tL u/]sf 5g . pxfF eGg'x'G5 … afa'sf] xf};nf / kl/jf/sf] ;xof]un] g} af/Ldf ljleGg k|sf/sf t/sf/L kmnfpg ;kmn ePsf] 5' . t/sf/Laf6 jflif{s ? tLg nfv;Dd sdfpg] u/]sf] 5' .Ú tl:a/M k'?iff]Qd yfkf÷/f;;

शारिरीक रुपमा फरक क्षमता भएका दैलेख नारायण नगरपालिका–१ कुइकानाका ४८ वर्षीय चक्रबहादुर खत्री अन्य मानिस सरह हिँडडुल गर्न सक्नु हुन्न । त्रिभुवन नमूना माविमा कक्षा ८ सम्म अध्ययनरत गर्दा खत्री फरक क्षमताका हुनु हुन्थेन । अन्य मानिस सरह नै हिँडडुल गनुहुन्थ्यो । गाउँमा नयाँ घर बनाउँदै गर्दा नशामा समस्या आएपछि खत्रीका दुःखका दिन शुरु भए ।
सत्र वर्षसम्म ठमठम हिँड्ने छोरा हिँडडुल गर्न नसक्दा आमाबाबु चिन्तित बने । छोराको उपचारका लागि विभिन्न अस्पतालमा गएर परीक्षण गराए पनि छोरालाई सञ्चो भएन । छोराको हाडजोर्नीमा समस्या छ । चिकित्सकले सजलैसँग सञ्चो हुँदैन भनेपछि घरमा बस्नुबाहेक अर्को विकल्प रहेन । सधँै काम गरेको छोरा हिँडडुल गर्न नसक्दा आमाबाबुलाई चिन्ता लाग्नु स्वभाविकै थियो ।
चक्रबहादुरले भने हिम्मत हार्नुभएन । तरकारी फलाएर पैसा कमाउने सोच बनाउनुभयो । तरकारी खेतीतिर लाग्नुभयो । सोचलाई शक्तिमा बदल्नुभयो । फरक क्षमता भएका खत्री आजभोलि त्यही तरकारी खेतीबाट गाउँकै अगुवा कृषक कहलिनु भएको छ ।
खत्रीको तरकारी उत्पादन हेर्दा प्राविधिक कृषि विज्ञले नै उत्पादन गरेजस्तो देखिन्छ । ‘‘मैले लगाएको खेती देखेर कृषि कार्यालयका कर्मचारी नै छक्क पर्छन् । मैले एउटै बोट काउलीमा पाँचदेखि सात किलोसम्मको उत्पादन गरेको छु’’, उहाँ भन्नुहुन्छ । उहाँको बारीमा आजभोलि गोलभेंडाको एउटै बोटमा लटरम्म दाना फलेका छन् । गोलभेंडाको एउटै बोटमा राम्रो फले २० किलोसम्म फलाउन सकिने उहाँको भनाइ छ । गोलभेंडाबाट सबैभन्दा बढी आम्दानी गर्न सकिने तरकारीमा पर्दछ ।

गाउँकै अगुवा कृषक कहलिएका खत्रीले तरकारी खेतीबाट वार्षिक रु तीन लाख आम्दानी गर्नुहुन्छ । बाबुको हौसलाबाट तरकारी उत्पादनमा लागेको उहाँले बताउनुभयो । उहाँका बुबा कृषि कार्यालयमासहयोगी हुनुहुन्थ्यो । “बुबाकै प्रेरणा गर्दा आज म गाउँकै अगुवा कृषक भएको छु”, खत्रीले भन्नुभयो ।

मलबिना राम्रो उत्पादन गर्न नसकिने हुँदा खत्रीले तरकारी खेतीको लागि बाख्रा, भैँसी, गाई पाल्नु भएको छ । उहाँको १२ जनाको परिवार यही तरकारी खेतीबाट पालिएको छ । उहाँ भन्नुहुन्छ, “मैले छोराछोरी जहान परिवार यसैबाट पालेको छु । परिवारको सहयोगले नै मैले बारीमा विभिन्न प्रकारका तरकारी फलाउन सफल भएको छु ।”
खत्रीले चार रोपनीमा तरकारी खेती गर्नुभएको छ् । उहाँले बारीमा मौसमी बेमौसमी सिमी, आलु, गोलभेंडा, काउली, बन्दाकाउली लगाउनु भएको छ् । तरकारीले बारीका गह्रा हराभरा देखिएका छन् । दैलेख क्षेत्र–२ जाने मूलबाटोमै उहाँको तरकारीखेती भएकाले अधिकाँश हिँडडुल गर्ने बटुवालेसमेत खत्रीको प्रशंसा गर्ने गरेको छोरा ओम खत्रीले बताउनुभयो ।
तीनै फरक क्षमताका कृषक खत्री अधिकांश युवालाई विदेश नजान सल्लाह सुझाव दिने गर्नुहुन्छ । स्वदेशमा पसिना बगाए सुन फल्ने उहाँको भनाइ छ । स्वदेशमा पैसा छैन भनेर विदेशमा भौंतारिने युवा अल्छी भएर विदेशिएको बताउनुहुन्छ ।
विदेशमा काम नगरेर धेरै पैसा कमाउन सकिन्छ भनेर धेरै युवा ऋण काढेर खाडी मुलुक जाने गर्छन् । उहाँ भन्नुहुन्छ, ‘‘त्यहाँ गएपछि काम गर्नुपर्दो रहेछ भनेर थाहा पाएर आउँछन् । अनि स्वदेशमै काम गर्न थाल्छन् । पहिलेदेखि आफ्नै माटोलाई गोडमेल गरेको भए विदेशमा जानु पर्दैनथ्यो ।’’
खत्रीले १५ वर्षअघि कृषि कार्यालयबाट लिएको रु ४० हजारको अनुदानबाहेक अरु कुनै सरकारी एवं गैरसरकारी संस्थाबाट सहयोग लिनु भएको छैन । गत वर्ष वडा कार्यालयले पोलिहाउस बनाउन दिएको प्लास्टिक एक पटकको तरकारी उत्पादन नहुँदै च्यातियो । उहाँ उत्पादित तरकारीलाई बजारको कुनै समस्या नभएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘‘घरमै आएर लैजान्छन् ।’’ वडा कार्यालयले बेलैमा बिउबिजन र बेलाबेलामा कृषि प्राविधिक पठाइदिए तरकारीखेतीमा कुनै रोग लागेमा समयमै उपचार गर्न सकिने उहाँको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij