• Saturday 25th of July 2026

नेपाल स्काउटलाई ७५३ स्थानीय तहमा बिस्तार गर्छु : लोक बहादुर भण्डारी


  • आशाका किरण

सुदर्शन बजगाई,आशाका किरण समाचार । नेपाल स्काउटका राष्ट्रिय तदर्थ समिति संयोजक एवम् शिक्षासेवी लोक बहादुर भण्डारीले नेपाल स्काउटलाई ७ प्रदेशको ७५३ स्थानीय तहमा पुर्‍याउने बताएका छन् । नेपाल स्काउटले निर्माण गरेको र नेपाल टेलिभिजनमा प्रशारण हुने कार्यक्रम,”म स्काउट नेपाली”मा आफ्नो धारणा राख्दै लोक बहादुर भण्डारीले सो कुरा ब्यक्त गरेका हुन् । स्काउटले बालबालिकाको शारीरिक,मानसिक,बौद्धिक,आध्यात्मिक र संवेदात्मक विकासमा उल्लेख्य योगदान दिने भएकाले देशरका ११ हजार माध्यमिक विद्यालयमा स्काउट बिस्तार गर्न लागीपरेको कुरा बताएका हुन् । हेर्नुस् नेपाल स्काउटले नेपाल टेलिभिजनकोलागि तयार पारेको कार्यक्रममा नेपाल स्काउटका राष्ट्रिय तदर्थ समिति संयोजक एवम् शिक्षासेवी लोक बहादुर भण्डारीको भनाई जस्ताको त्यस्तै :

सम्पन्न भयो नेपाल स्काउटको आयोजनामा भएको विपद ब्यवस्थापन तालिम

सुदर्शन बजगाई,आशाका किरण समाचार।  नेपाल स्काउटको आयोजनामा फाल्गुन १० गतेबाट ककनी अन्तराष्ट्रिय स्काउट केन्द्र नुवाकोटमा संचालित विपद ब्यवस्थापन तालिम सम्मपन्न भएको छ ।  सातै प्रदेशबाट सहभागी ७० जना प्रशिक्षार्थीहरुलाई विपद् ब्यवस्थापन कौशल, सीपहरुको विविध पाटाको ज्ञान प्रदान गरिएको थियो । समापन कार्यक्रममा नेपाल स्काउटका राष्ट्रीय संयोजक लोक बहादुर भण्डारी, युवा तथा खेलकूद मन्त्रालयका सचिव केदार न्यौपाने प्रहरी तालीम केन्द्र ककनी का कमाण्डेट एसएसपी भेष बहादुर थापा , नेपाल स्काउटका पूर्व राष्ट्रीय सचिव रामगोपाल कर्मचार्य लगायतको उपस्थिति रहेको थियो ।

     

समापन समारोहमा प्रशिक्षार्थीहरूले विपद जोखिम नयूनिकरण र विपद व्यवस्थापनका विविध कौशलहरूको ड्रिल समेत प्रदर्शन गरेका थिए । समापन समारोहमा मन्तव्य राख्दै सचिव न्यौपानेले अब स्काउटको विपद टोली प्रत्येक पालिकामा पुग्ने बताउनु भयो। सचिव न्यौपानेले सरकारले स्काउटलाई विपद व्यवस्थानमा सुरक्षा निकाय सरह प्रशिक्षण, परिचालन र श्रोतयुक्त बनाउने प्रतिबद्धता  व्यक्त गर्नुभयो । कार्यक्रमका प्रशिक्षार्थीहरूलाई आफ्नो निर्देशनात्मक मन्तव्य राख्दै राष्ट्रीय संयोजक लोक बहादुर भण्डारीले अब हरेक जनजनमा स्काउट, हरेक मनमनमा स्काउट पुग्ने र हरेक विपदको घडिमा अग्रमोर्चामा स्काउट देखिनु पर्ने बताउनु भयो ।प्रशिक्षार्थी हरूलाई RNA16 का प्रशिक्षक स्काउटर अरुण सैंजु लगायतको टोलीले ५ रात ६ दिने तालीम प्रदान गर्नुभएको थियो । आज DMT बाट दीक्षित प्रशिक्षार्थीले आआफ्नो प्रदेशमा थप ६०/६० जानाको विपद वयबस्थापन स्वयम्सेवक स्काउट टोली निर्माण गर्नेछन ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij