• Wednesday 9th of September 2026

चैत १० गतेबाट नेपाल स्काउटले दैनिक २०० स्वयंसेवक ट्राफिक प्रहरीलाई सहयोग गर्न खटाउने


  • आशाका किरण

सुदर्शन बजगाई,आशाका किरण समाचार । नेपाल स्काउटले चैत्र १० बाट काठमाडौंको १५ स्थानमा दैनिक  २०० स्वयंसेवक ट्राफिक प्रहरीलाई सहयोग गर्न खटाउने भएको छ ।

ट्राफिक प्रहरीसंगको सहकार्यमा नेपाल स्काउटले कोटेश्वर,गौशाला,चाबाहिल,महाराजगन्ज,केशरमहल चोक,दरबारमार्ग,पुतलीसडक,शंकरदेव क्याम्पस चोक,सिंहदरबार चोक,थापाथली चोक,त्रिपुरेश्वर चोक,टेकु चोक,कालिमाटी चोक,नयाँबानेश्वर चोक र बानेश्वर पानीट्यान्की चोकमा भोलिबाट  १५ दिनसम्म दैनिक ६ घन्टा स्वयंसेवकको भुमीका निर्वाहा गर्ने भएका हुन् ।

काठमाडौंको विभिन्न स्थानमा १६-२५ वर्ष समुहका रोभर रेन्जरले स्वयंसेवकको भुकिका निर्वाह गर्ने नेपाल स्काउटका राष्ट्रिय तदर्थ समितिका संयोजक लोक बहादुर भण्डारीले बताए ।

कार्यक्रममा प्रशिक्षण नेपाल प्रहरीका ट्राफिक निरीक्षक दामोदर भट्टराईले स्काउटलाई कसरी बाटोमा खटिने भनेर प्रशिक्षण दिएका थिए ।

स्काउटले पैदल यात्रुलाई समेत जनचेतना जगाउने काम गर्ने बागमती प्रदेशका स्काउटका संयोजक केशरत्न बज्राचार्यले बताए।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij