• Saturday 25th of July 2026

सुरु भयो नेपाल स्काउट र ट्राफिक प्रहरीको दोश्रो चरणको “ट्राफिक स्वयंसेवक परिचालन अभियान २०७७”


  • आशाका किरण

सुदर्शन बजगाई,आशाका किरण समाचार । समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत नेपाल स्काउट र नेपाल प्रहरी विच भएको समझदारी अनुरुप, नेपाल स्काउट र ट्राफिक प्रहरीको सहकार्यमा “ट्राफिक स्वयंसेवक परिचालन २०७७” अभियानको दोश्रो चरणको कार्यक्रम आजबाट सुरु भएको छ । नेपाल स्काउटले आजबाट काठमाडौंको १५ स्थानमा दैनिक २०० स्वयंसेवक ट्राफिक प्रहरीलाई सहयोग गर्न खटाएको छ ।नेपाल स्काउटले कोटेश्वर,गौशाला,चाबाहिल,महाराजगन्ज,केशरमहल चोक,दरबारमार्ग,पुतलीसडक,शंकरदेव क्याम्पस चोक,सिंहदरबार चोक,थापाथली चोक,त्रिपुरेश्वर चोक,टेकु चोक,कालिमाटी चोक,नयाँबानेश्वर चोक र बानेश्वर पानीट्यान्की चोकमा आजबाट १५ दिनसम्म दैनिक ६ घन्टा स्वयंसेवकको भुमीका निर्वाहा गर्ने भएका हुन् ।

काठमाडौंको विभिन्न स्थानमा उपत्यकामा संचालित बिभिन्न क्र्युका १६-२५ वर्ष समुहका रोभर रेन्जरले स्वयंसेवकको भुकिका निर्वाह गर्ने नेपाल स्काउटका राष्ट्रिय तदर्थ समितिका संयोजक लोक बहादुर भण्डारीले बताए । अब स्काउट हरेक क्षेत्रमा स्वयंसेवकको भूमिका निर्वाह गर्न तयार रहेको संयोजक लोक बहादुर भण्डारीले बताए।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij