• Wednesday 9th of September 2026

नेपाल स्काउटले आयोजना गरेको क्षमता अभिवृद्धि कार्यशाला गोष्ठी एवम् ट्राफिक स्वयंसेवकलाई प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न


  • आशाका किरण

सुदर्शन बजगाई,आशाका किरण मिडिया । नेपाल स्काउटले आयोजना गरेको क्षमता अभिवृद्धि कार्यशाला गोष्ठी एवम् ट्राफिक स्वयंसेवकलाई प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल स्काउटले आफ्ना राष्ट्रिय र सहायक राष्ट्रिय प्रशिक्षकलाई लक्षित गरेर आयोजना गरेको कार्यक्रम चुच्चेपाटीमा रहेको स्मार्ट पार्टी प्यालेसमा  स्काउटले आयोजना गर्ने तालिमलाई थप व्यवस्थित एवम् युवामुखी बनाउने गरि कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल स्काउटका निर्देशक रामप्रसाद भट्टराईले संचालन गरेको कार्यक्रमको अध्यक्षता नेपाल स्काउटका राष्ट्रिय तदर्थ समितिका संयोजक लोक बहादुर भण्डारीले गरेका थिए भने कार्यक्रमको प्रमुख आतिथ्यता नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री एवम नेपाल स्काउटका प्रमुख स्काउट दावा लामाको रहेको थियो ।

कार्यक्रमा ट्राफिक प्रहरीसंग सहकार्य गरेर ट्राफिक स्वयंसेवक व्यवस्थापनमा खटिएका विभिन्न १६ क्र्युका ३०८ जना नियमित १५ दिन खटिएका स्काउटका रोभर रेन्जरलाई मन्त्रीले प्रमाणपत्र वितरण गरेका थिए ।

कार्यक्रममा ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराईले नेपाल स्काउटले गरेको कामको मुक्तकंठले प्रसंशा गरेका थिए । ट्राफिक प्रहरी भन्दा थप उत्साहका साथ लागेको देख्दा नेपाल स्काउटसंग थप सहकार्य गर्न ट्राफिक प्रहरी तयार रहेको धारणा ब्यक्त गरेका थिए ।

स्काउटमा जागेको चेतनाले समग्र समाजमा चेतना पुग्नेमा विस्वास राख्दै भट्टराईले यस्ताखाले कार्यक्रमले दुर्घटना न्युनिकरणमा थप मद्धत पुगेको धारणा राखेका थिए  । क्षमता अभिवृद्धि कार्यशाला गोष्ठी कार्यक्रममा सहभागी श्याम पुडासैनीले यस्ताखाले क्षमता अभिवृद्धि कार्यक्रम नियमित हुन सके थप प्रशिक्षकमा निखारता आउने विस्वास ब्यक्त गरे ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij