संसारमा धर्म नै कल्याणकारी तत्त्व हो । क्षमा नै शान्तिको नै सर्वश्रेष्ठ उपाय हो । विद्या नै परम सन्तोष दिने कुरा हो । विदुरनीतिमा भनिएको छ—
एको धर्मः परं श्रेयः क्षमैका शान्तिरुत्तमा ।
विद्यैका परमा तृप्तिरहिंसैका सुखावहा ।।
जसलाई जाडो गर्मी, भय–अनुराग र सम्पत्ति–दरिद्रताले केही असर पार्दैन ऊ नै बुद्धिमान् हो–
यस्य कृत्यं न बिघ्नन्ति शीतमुष्णं भयं रति ।
समृद्धिरसमृद्धिर्वा स वै पण्डित उच्यते ।
राम्रा काम मात्रै गर्छ, खराब काम गर्दैन, आस्तिक र श्रद्धालु छ यी गुण नै बुद्धिमान् व्यक्तिका लक्षण हुन्—
निषेवते प्रशस्तानि निन्दितानि न सेवते ।
अनास्तिकः श्रद्दधान एतत् पण्डितलक्षणम् ।।
