दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटमा दोस्रो जित हात पारेको छ । आइतबार भएको खेलमा दिल्लीले पञ्जाब किंग्सलाई ६ विकेटले पराजित गरेको हो
त्यसअघि मुम्बईस्थित वाङखडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ४ विकेट गुमाएर १९५ रन बनाएको थियो ।
दोस्रो जितपछि ३ खेलबाट ४ अंक जोडेको दिल्ली मुम्बई इन्डियन्सलाई रनरेटमा पछि पार्दै अंक तालिकामा दोस्रो स्थानमा उक्लेको छ ।
दोस्रो हारपछि पञ्जाब ३ खेलबाट २ अंकसहित सातौं स्थानमा छ ।
