इण्डियन प्रिमियर लिग आईपीएल टि–ट्वान्टी क्रिकेटमा लगातार चौथौ जित निकाल्दै रोयल च्यालेन्जर्स बैंगलोर शीर्ष स्थानमा उक्लेको छ ।
गए राति भएको खेलमा राजस्थानलाई १० विकेटले पराजित गर्दै बैंगलोरले चौथो जित निकालेको हो । राजस्थानले दिएको १ सय ७८ रनको लक्ष्य बैंगलोरले १६ ओभर ३ बलमा बिना विकेटको क्षतिमा पूरा ग¥यो । बैंगलोरको जितमा देवदत्त पडिक्कलले अविजित रहँदै १ सय १ रनको शतकीय इनिङ्स खेले । कप्तान विराट कोहलीले अविजित रहँदै ७२ रनको इनिङ्स खेले । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ७७ रन बनाएको थियो । जितसँगै बैंगलोर ८ अंकका साथ शीर्षस्थानमा उक्लेको छ भने चार खेलमा २ अंक जोडेको राजस्थान अंकतालिकाको पुछारमा छ ।।
