• Tuesday 8th of September 2026

सुपर ओभरमा हैदरावादविरुद्ध दिल्लीको जित


  • आशाका किरण

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतवार भएको खेलमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरावादमाथि जित निकालेको छ। चेन्नईको चिदमबरम स्टेडियममा सम्पन्न खेलमा दिल्लीले हैदरावादमाथि सुपर ओभरमा जित निकालेको हो।

टस जितेर ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १५९ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको हैदरावादले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १५९ रन नै बनाएपछि खेल सुपर ओभरमा गएको थियो।

सुपर ओभरमा हैदरावादले विकेट नगुमाई ७ रन बनायो।

जवाफी ब्याटिङमा उत्रिएको दिल्लीले बिना विकेट क्षति लक्ष्य पूरा गर्‍यो।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij