दिल्ली क्यापिटल्स ईन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी–ट्वान्टी क्रिकेटको दोस्रो स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा कोलकत्ता नाइट राईडर्सलाई ७ विकेटले पराजित गर्दै दिल्ली शीर्ष दुईमा उक्लिएको हो । अहमदाबादमा कोलकत्ताले दिएको १ सय ५५ रनको लक्ष्य दिल्लीले १६ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो । योसँगै दिल्लीले लिगमा पाँचौ जित निकालेको छ । जितपछि दिल्लीले ७ खेलमा १० अंक जोडेको छ । रोयल च्यालेन्जर्स बैंगलोरलाई पछि पार्दै दिल्ली दोस्रो स्थानमा उक्लिएको हो । कोलकत्ता यो पाँचौ हार हो । पाँचौ स्थानको कोलकत्ताले ७ खेलमा ४ अंक जोडेको छ ।
