• Tuesday 8th of September 2026

आईपीएलमा पञ्जाबलाई हराउँदै दिल्ली शीर्ष स्थानमा


  • आशाका किरण

दिल्ली क्यापिटल्स ६ विकेटले विजयी हुँदै इन्डियन प्रिमियर लिग (आईपीएल) को शीर्ष स्थानमा उक्लेको छ ।

पञ्जाबले टस हारेर पहिले ब्याटिङ गर्दै दिल्लीलाई १६७ रनको लक्ष्य दिएको थियो । दिल्लीले  १७.४ ओभर खेल्दै ४ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।

यस जितपछि दिल्लीले ८ खेलबाट १२ अंक जोड्दै चेन्नाई सुपर किंग्स र रोयल च्यालेन्जर्स बेंगलोरमाथि २ अंकको स्पष्ट अग्रता बनाएको छ । बेंगलोरले सोमबार कोलकता नाइट राइडर्ससँग खेल्दैछ । सिजनको पाँचौ हारपछि ८ खेलबाट ६ अंक रहेको पञ्जाब छैटौं स्थानमा छ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij