• Tuesday 8th of September 2026

इन्डियन प्रिमियर लिग स्थगित


  • आशाका किरण

भारतीय क्रिकेट बोर्डले इन्डियन प्रिमियर लिग को १४औं संस्करण अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेको छ।

ईण्डियन प्रिमियर लिग ९आइपीएल० का चार टोलीका खेलाडीमा कोरोना संक्रमण देखिएपछि यो सिजन स्थगित गरिएको छ।

आईपीएलका अध्यक्ष बृजेश पटेलका अनुसार, प्रतियोगिता अनिश्चितकालका लागि स्थगित गरिएको र भविष्यमा परिस्थिति र समय मिलाएर प्रतियोगिता पुनः सञ्चालन गर्ने कुरा जानकारी दिए।

मंगलवार सन्राईजर्स हैदराबादका विकेटकिपर ब्याट्सम्यान रिद्धिमान् साहलाई कोरोना संक्रमण पुष्टि भएपछि बृजेश पटेलले सो निर्णय लिएका हुन्।

साह भन्दा पहिले चेन्नई सुपर किंग्सका बलिङ कोच लक्ष्मीपथि बालाजी र कोलकाता नाईट राइडर्सका बलरद्वय सन्दिप वारियर र वरुण चक्रवर्तीमा कोरोना संक्रमण पुष्टि भएको थियो।

आईपीएलमा फाइनल सहित कुल ३१ खेल खेलिन बाँकी थिए।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij