• Friday 24th of July 2026

च्याम्पियन्स लिग : म्यानचेस्टर सिटी पहिलो पटक फाइनलमा


  • आशाका किरण

इङ्ग्लिस क्लब म्यानचेस्टर सिटी पहिलो पटक च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुगेको छ । सेमिफाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन, पिएसजीलाई पराजित गर्दै उपाधि भिडन्तका लागि स्थान पक्का गरेको हो ।

सेमिफाइनलको दोस्रो लेगमा पिएसजीलाई २–० ले हराउँदै समग्रमा ४–१ गोल अन्तरको नतिजा सहित सिटी फाइनल पुगेको हो ।

यसअघि सेमिफाइनलको पहिलो लेगमा सिटीले २–१ को अग्रता बनाएको थियो । सिटी पछिल्लो तीन सिजन च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा पराजित हुँदै आएको थियो । सिटीले सन् २०१६ मा सेमिफाइनल खेलेको थियो ।

सिटीले उपाधिका लागि चेल्सी र रियल मड्रिड बीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

फाइनल खेल टर्कीको इस्तानबुलमा मे २९ मा हुनेछ ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij