• Wednesday 9th of September 2026

धेरै धन सञ्चय केका लागि ? मृत्युले कामनापूर्तिको अवसर दिँदैन

यस्ता व्यक्तिलाई धन दिँदा पाइन्छ महान् फल


  • आशाका किरण

जुन व्यवहार तपाईँ आफू अरुबाट आशा गर्नुहुन्न त्यो व्यवहार अरुसँग पनि नगर्नुस् । जुन व्यवहार तपाईँका लागि अप्रिय छ, त्यो अरुका लागि पनि अप्रिय नै हुन्छ ।

यदन्यैर्विहितं नेच्छेदात्मनः कर्म पुरुषः
न तत् परेषु कुवीत जानन्नाप्रियात्मनः।। (महाभारत शान्ति.– २५९\२०)

दिनभर यस्तो कार्य गर्नुस्, राति सुखसँग निद्रा लागोस् । वर्षमा आठ महिना यस्तो कार्य गर्नुस् जसले बर्खाका चार महिना सुखसँग बितोस् । जीवनको पूर्वार्ध यस्तो काम गर्नुस्, वृद्धावस्था सुखपूर्वक बितोस् । जीवनभर यस्तो कार्य गर्नुस्, जसले मरेपछि पनि शान्ति मिलोस् । (महाभारत उद्योगपर्व– ३५\६७–६८)

स्वादिष्ट भोजन कहिल्यै एक्लै नगर्नु। एक्लै कुनै विषयममा विचार नगर्नु। एक्लै नहिँड्नु । सुतिरहेकाको माझ एक्लै कहिल्यै जागा नरहनु–

एकः स्वादु न भुञ्जीत एकश्चार्थान् न चिन्तयेत् ।
एको न गच्छेदध्वानं नैक सुप्तेषु जागृयात् ।। (महाभारत उद्योग. ३३\४६)

सुतेर निद्रालाई जित्ने प्रयास नगर्नुस् । कामभोगले स्त्रीलाई जित्ने प्रयास नगर्नुस् । काठ वा इन्धन हालेर अग्निलाई जित्ने आशा नगर्नुस्। अधिक पिएर मदिरा पिउने आदतलाई जित्ने कोशिश नगर्नुस् । (महाभारत उद्योग.– ३९ ८१)

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij