• Tuesday 8th of September 2026

म्यानचेस्टर युनाईटेड र भिल्ला रियलल युरोपा लिग फुटबलको फाइनलमा प्रवेश


  • आशाका किरण

इंग्लिस क्लब म्यानचेस्टर युनाईटेड युरोपा लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ । गए राति भएको सेमिफाइनलको दोस्रो लेगमा रोमासँग ३–२ गोल अन्तरले पराजित भएपनि समग्रमा ८–५ को जित निकाल्दै युनाईटेड फाइनल पुगेको हो ।

इटालियन क्लब रोमाको मैदानमा पराजित भएपनि युनाईटेडले पहिलो लेगमा निकालेको ६–२ को जितको कारण फाइनल यात्रा तय गरेको हो ।

त्यस्तै गएरातीनै भएको खेलमा भिल्ला रियलले आर्सनललाई समग्रमा २–१ ले हराएर फाइनलमा स्थान पक्का गरेको छ ।

अब युनाईटेड र भिल्ला रियलको फाइनल खेल मे २६ मा हुनेछ । युनाईटेडले पछिल्लो पटक सन् २०१७ मा युरोपा लिग जितेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट
© copyright 2026 and all right reserved to ashakakiran Site By : sobij