सुदर्शन बजगाई,आशाका किरण समाचार। रमेश पौडेल नेतृत्वको नेपाल खेलकुद महासंघले बरिस्ट उपाध्यक्ष परशुराम बस्नेतको नेतृत्वमा कोभिड रोकथाम र नियन्त्रणको लागी विशेष अभियान संचालन गर्ने भएको छ। नेपाल खेलकुद महासंघले आज विशेष सर्कुलर जारी गर्दै कोरोना रोकथाम र नियन्त्रणको लागि सक्रिय रहन सबै पदाधिकारी ,स्थायी कमिटी ,सचिवालय ,केन्द्रिय सदस्य तथा आयोगका सदस्यहरुलाई आव्हान गरेको हो । नेपाल खेलकुद महासंघका अध्यक्ष रमेश पौडेलले स्थानिय तहसम्म खेलाडी परिचालन गरेर कोरोना बिरुद्ध अभियान चलाउन आजबाट देशभर १ लाख स्वयेम्सेवक खट्ने आशाका किरण मिडियालाई बताए।
हेर्नुस् विशेष सर्कुलर जस्ताको त्यस्तै :
कमरेडहरु,
केन्द्रीय कमिटिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु,
प्रदेश÷जिल्ला÷महानगर कमिटिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु,
राष्ट्रिय खेलसंघका पदाधिकारी तथा सदस्यहरु ।
विषयःबिशेष सर्कुलर ।
कमरेडहरु,
विश्वभर महामारीको रुपमा फैलिरहेको कोभिड–१९ को नयाँ भेरियन्टको असरबाट नेपाल पनि दिनानुदिन आक्रान्त हुँदै गईरहेको छ । कोभिड–१९ कै संक्रमणबाट हामीले केही खेलाडी, खेलकर्मी लगायत विभिन्न व्यक्तित्वहरुलाई गुमाई सकेका छौं । यस दुःखद घडीमा मृतकप्रति भावपूर्ण श्रद्धासुमन व्यक्त गर्दै शोक सन्तप्त परिवारजन मामहासंघ हार्दिक समवेदना प्रकट गर्दछ ।
जिम्मेवार संगठन हुनुको नाताले नेपाल खेलकुद महासंघ यस विषम परिस्थितिमा समेत कोरोना नियन्त्रण तथा रोकथामका लागि“नेकोसको आव्हान, कोभिड–नो भिड”भन्ने मूलनाराका साथ देशव्यापी रुपमा बिशेष अभियान सञ्चालन गर्न गईरहेको छ ।
यसैबिच नेकपा एमालेका केन्द्रीय सदस्य तथा युवा तथा खेलकुद मन्त्री समेत रहनु भएका नेपाल खेलकुद महासंघका ईन्चार्ज कमरेड दावा तामाङको उपस्थितीमा भएको आकस्मिक बैठकद्धारा कोभिड–१९बाट सुरक्षित रहँदै यसको असरलाई न्युनिकरण गर्नका लागि महासंघका वरिष्ठ उपाध्यक्ष कमरेड परशुराम बस्नेतले संयोजन तथा परिचालन गर्नेगरि यस बिशेष अभियानमा परिचालित हुनकालागि सम्पूर्ण मातहत कमिटि तथा कमरेडहरुमा बिशेष निर्देशन जारी गरिएको छ ।
सात (७) वटै प्रदेश तथा उपत्यका बिशेष प्रदेशमा प्रतिनिधित्व गर्ने उपाध्यक्षहरुले अनुगमनगर्ने गरी त्यस प्रदेशमा रहेका अन्य पदाधिकारी, स्थायी कमिटि, सचिवालय र तत् प्रदेशका सम्पूर्ण केन्द्रीय सदस्यहरु तथा आयोग सदस्यहरु सहितलाई साथमा लिई प्रदेश संयोजकहरुले आ–आफ्नो प्रदेशको संयोजन गर्ने ।
जिल्ला,महानगरमा संयोजक र संयोजकनतोकिएको ठाउँमा माथिल्लो जिम्मेवारीमा रहनुभएकाकमरेडले त्यस जिल्लामा रहेका केन्द्रीय सदस्यहरु, आयोग सदस्यहरु लगायत खेलकुद क्षेत्रका अन्य व्यक्तित्वहरुसँग समन्वय गरि परिचालित गर्ने,गराउने ।
नेकपा एमाले तथा सम्बद्ध जनसंगठनहरु, विभिन्न पेशागत व्यवसायिक तथा सामाजिक संघ संस्थासँग समेत समन्वय गरि यो बिशेष अभियानमा परिचालितगर्ने÷गराउने ।
सम्बन्धित जिल्ला वा भुगोलमा बस्ने पदाधिकारी र स्थायी कमिटिका सदस्यहरुले अभियानको संयोजकलाई सम्पूर्ण हिसाबले अभिभावकत्व प्रदान गर्ने तथा आवश्यकसहयोग गर्ने ।
छ। यो अभियानको रिपोर्टिङ दैनिक रुपमा केन्द्रमा गर्ने ।
हामी यो बिशेषअभियानमा के गर्दछौं ?
पहिला आफु र आफ्नो परिवार कोभिड–१९ बाट सुरक्षित रहि
सम्पूर्ण जिल्ला र महानगरहरुमा सहायता समूह को निर्माण गर्ने ।
कोरोनाबाट बच्नब्यापकजनचेतनाकाकार्यक्रमहरु (नियमित हात धुने, सेनिटाईजर तथा माक्सको प्रयोग गर्ने, भौतिक दुरी कायम गर्ने आदि) सञ्चालन गर्ने ।
कोरोनाको संक्रमणबाट बच्नअत्यावश्यक माक्स, सेनिटाईजर, साबुनल गायतका सामाग्री संकलन गरी आधारभूत तहमा वितरण समेत गर्ने ।
राष्ट्रिय–अन्र्तराष्ट्रिय खेलाडी,प्रशिक्षक,रेफ्रि, खेलकर्मी र खेलकुद अभियन्ताहरुका बिचमा मूलभूत रुपमा परिचालित हुने र विशेष ध्यान पु-याउने ।
स्वास्थ्य संस्थाहरु लगायतका सरोकारवाला निकायसँग समन्वय गरि आवश्यक सहयोग गर्ने ।
बिरामीको अवस्था हेरी अस्पतालसम्म पु-याउने कुरामा सहजीकरण गर्ने । तथा अलपत्र यात्रुहरुलाई सुरक्षित हिसाबले गन्तव्यसम्म पु-याउन समन्वय गर्ने ।
बिरामी तथा पिडितहरुलाई फलफूल तथा पौष्टिक आहारको व्यवस्थापन गर्ने । साथै राहत संकलन गरी भौतिक दुरीलाई मध्यनजर गर्दै निःशुल्क सामुहिक भोजनको व्यवस्थापन समेत गर्ने ।
कोभिड–१९ का सन्दर्भमा सचेतनाकालागि सम्भव भएसम्म स्थानीय भाषामा प्रचारात्मक सामाग्रीहरु उत्पादन एवं सम्प्रेशन गर्ने ।
क्वारेन्टीन तथा आईसोलसन सेन्टर निर्माणमा राष्ट्रिय खेलकुद परिषद लगायत खेलकुदका विभिन्न निकाय र तीनै तहका सरकारतथा गैरसरकारी संस्थासँग समन्वयतथा सहकार्य गर्ने ।
माक्स, सेनिटाईजर, सहायता समूह अलावा आ–आफ्ना पालिकाहरुमा कम्तिमा ५० अक्सिजन सिलिण्डर र ५० बेड (वा आवश्यकता अनुसार सो भन्दा बढी) आईसोलेसन सेन्टरको निर्माणका लागि सम्बन्धित स्थानीयनिकायलाई ध्यानाकर्षण गराउने । र, सम्भावना भएसम्म आफ्नै पहलकदमीमा तदारुकताका साथ अघि बढ्ने ।
स्थानीय अनुकुलतामा आवश्यकता अनुसार रचनात्मक तथा सिर्जनात्मक ढंगले अन्य कार्यक्रमहरु सञ्चालनगर्ने ।
हार्दिक अभिवादन सहित।
रमेश पौडेल/ मेघराज पौडेल
अध्यक्ष /महासचिव
२४ वैशाख २०७८, काठमाडौं ।

आजैबाट सक्रिय भए परशुराम बस्नेत
नेपाल खेलकुद महासंघले कोरोना महामारी रोकथाम तथा नियन्त्रणको जिम्मेवारी दिएपछी बरिस्ट उपाध्यक्ष परशुराम बस्नेतले आजैबाट अभियान संचालनमा ल्याएका छन्। आज उनले भकुन्डेबेसिमा प्रहरीलाई मास्क र स्यानिटाइजर हस्तान्तरण गरेर अभियानको सुरुवात गरेका हुन्।

