१, पञ्चकर्म आयुर्वेदबाट उपचार गर्दा रोग पूर्ण रूपमा निको हुन्छ ।
२, यो पद्धतिले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । साथै, फेरि रोग लाग्ने सम्भावना हुँदैन ।
३, शरीरको पूर्ण रूपमा ९शारीरिक तथा मानसिक दुवै हिसाबले० शुद्धीकरण हुने भएकाले नयाँ ऊर्जा प्राप्त हुन्छ ।
४, कोषिका र तन्तुसम्म शुद्धीकरण हुने भएकाले हलुका महसुस हुन्छ ।
५, पाचन क्षमता वृद्धि गर्नका साथै इन्द्रियको कार्यक्षमतामा समेत अभिवृद्धि हुन्छ ।
६, स्मरणशक्तिमा सुधार हुन्छ । त्यस्तै, यौन स्वास्थ्य तथा क्षमताको पनि विकास हुन्छ ।
७, अन्य उपचार प्रणालीबाट निको नभएका जटिल रोग सजिलै निको पार्न सकिन्छ ।
